‘एउटै नाउरको सिकार गर्न २३ लाख’

कोशी प्रदेशसभा अधिवेशन अन्त्य

बागमतीका मुख्यमन्त्री लामालाई विश्वासको मत

काठमाडौँ । बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिं लामाले प्रदेश सभामा विश्वासको मत पाउनुभएको छ।

मंगलबार प्रदेशसभा बैठकमा विश्वासको मत लिएका मुख्यमन्त्री लामालाई ६४ जना प्रदेशसभा सदस्यले विश्वासको मत दिए। उहाँको विपक्षमा ३५ मत पर्‍यो। नेमकिपा भने तटस्थ बस्यो।

एक सय १० सदस्यीय प्रदेशसभामा बहुमतका लागि ५६ सांसदको समर्थन चाहिन्छ। आजको बैठकमा १०३ सांसद उपस्थित थिए। नेपाली कांग्रेसका लामा एमाले-काँग्रेस गठबन्धनबाट मुख्यमन्त्री बनेका हुन्। प्रदेशसभामा एमालेका २७ र कांग्रेसका ३७ सांसद छन्।

प्रकाशित मिति : १५ श्रावण २०८१, मंगलबार  ६ : ११ बजे