‘एउटै नाउरको सिकार गर्न २३ लाख’

कोशी प्रदेशसभा अधिवेशन अन्त्य

थ्रेसहाेल्ड प्रतिशत बढाईने : महासचिव पाेखरेल

दाङ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले लोकतन्त्रको स्थायित्वका लागि एमाले र काँग्रेस बीच सत्ता सहकार्य भएको बताउनु भएकाे छ ।

प्रेस चौतारी दाङले आज घोराहीमा गरेको पत्रकार सम्मेलनमा महासचिव पोखरेलले राजनीतिक अस्थिरताका कारण लोकतन्त्र माथि नै प्रश्न उठ्न थालेको भन्दै लोकतन्त्रलाई बलियो बनाउन एमाले र काँग्रेस मिल्नुपरेको बताउनुभयाे ।

´राजनीतिक अस्थिरताले अहिलेको शासकीय व्यवस्थामाथि नै अविश्वास पैदा हुँदै गयो` महासचिव पोखरेलले भन्नुभयाे, ´त्यसको अन्त्य गर्न चुनावी संविधान संशोधन गर्न आवश्यक छ । एक्लै नसकिने भएकाले काँग्रेसको साथ खोजिएको हो ।` उहाँले राष्ट्रिय दल बन्न ३ प्रतिशत मात्रै थ्रेसहोल्ड मत आवश्यक पर्ने संवैधानिक व्यवस्था भएकाले राजनीतिक अस्थिरता बढेको भन्दै थ्रेसहोल्डको प्रतिशत बढाउन संविधान संशोधन गरिने बताउनुभयाे।

सरकार बनाउँदा साना दलले गर्ने बार्गेनिङका कारण सरकार अस्थिर हुने बताउँदै पोखरेलले त्यसको अन्त्य गर्ने अभियानमा एमाले हिडेको बताउनुभयाे ।

प्रकाशित मिति : १५ श्रावण २०८१, मंगलबार  १ : १६ बजे