साफ यू–१७ च्याम्पियनसिप आजदेखि

देशभर मनसुनी वायुको प्रभाव कायम

‘नेशनल डे कन्सर्ट’ सम्पन्न

२१ जना सचिवहरुको सरुवा, अर्थमा घिमिरे,सञ्चारमा अर्याल

काठमाडौं । सरकारले  २१ जना सचिवहरुको एकैपटक सरुवा गरेको  छ । सोमबार बसेको मन्त्रिपरिषद बैठकले उनीहरुको सरुवा गर्ने निर्णय  भएको हो  ।

स्रोतका अनुसार  अर्थ सचिवमा हालका राजस्व सचिव रामप्रसाद घिमिरेलाई जिम्मेवारी दिने निर्णय गरिएको छ ।  अर्थसचिव रहेका मधुकमार मरासिनीलाई उपराष्ट्रपति कार्यालयमा सरुवा गरिएको  छ  । उपराष्ट्रपति कार्यालयका सचिव राधिका अर्यालको सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको सचिवमा सरुवा भएको छ ।

हाल उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयमा वाणिज्य सचिव रहेका दिनेशकुमार घिमिरेलाई राजस्वको जिम्मेवारी दिइएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको सचिवमा  हाल जल तथा ऊर्जा आयोगमा रहेका केशवकुमार शर्मालाई फर्काइएको छ ।

यस्तै भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव गोपालप्रसाद सिग्देललाई ऊर्जामा  ल्याइएको छ । श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव  घनश्याम उपाध्यायलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोग पठाइएको छ भने अख्तियारका रामेश्वर दंगाललाई रक्षा मन्त्रालयमा तानिएको छ ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका  मुकुन्दप्रसाद निरौलाले  श्रम मन्त्रालयको जिम्वेवारी पाएका छन् ।

त्यस्तै, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव नारायण प्रसाद दुवाडी राष्ट्रपतिको कार्यालयका सचिव डिल्लीराम शर्मा लोक सेवा आयोग, आयोगका राजकुमार श्रेष्ठ प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, राष्ट्रिय सतर्कता केन्द्रका सचिव राम आधार साह नेपाल ट्रष्टमा, नेपाल ट्रष्टका सचिव प्रमीला देवी बज्राचार्य खानेपानी मन्त्रालयमा, खानेपानीका सुरेश आचार्य जल तथा ऊर्जा आयोगमा, वित्त आयोगका सचिव मधुसूदन बुर्लाकोटी उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय(वाणिज्य) सचिव भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका सचिव गोकर्णमणि दुवाडी राष्ट्रिय तथ्याङ्क कार्यालय तथ्याङ्कका प्रमुख तथ्याङ्क अधिकारी अर्जुनप्रसाद पोखरेल भूमिमा, सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव रामकृष्ण सुवेदी सार्वजनिक खरिद अनुगमन कार्यालय प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सचिव सरजु कुमार वैद्यको पनि सरुवा भएको हो ।

प्रकाशित मिति : १५ श्रावण २०८१, मंगलबार  ७ : १९ बजे