‘एउटै नाउरको सिकार गर्न २३ लाख’

कोशी प्रदेशसभा अधिवेशन अन्त्य

बागमतीका मुख्यमन्त्री लामाले आज विश्वासको मत लिँदै

हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामाले आज विश्वासको मत लिदैँ हुनुहुन्छ ।

आज अपरान्ह तीन बजे बस्ने प्रदेश सभामा मुख्यमन्त्री लामाले विश्वासको मत लिने कार्यसूची रहेको प्रदेश सभा सचिवालयले जनाएको छ ।

नेपाली कांग्रेसका लामा गत साउन ८ गते नेकपा (एमाले)को समर्थनमा मुख्यमन्त्री नियुक्त हुनुभएको थियो ।

मुख्यमन्त्री नियुक्त भएको ३० दिनभित्र प्रदेश सभाबाट विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था छ । सोहीनुसार मुख्यमन्त्री लामाले विश्वासको मत लिन लाग्नुभएको हो ।

मुख्यमन्त्री लामालाई कांग्रेसका ३७ जना र एमालेका २७ जना सांसदको समर्थन रहेको छ ।

प्रकाशित मिति : १५ श्रावण २०८१, मंगलबार  ७ : ११ बजे