‘एउटै नाउरको सिकार गर्न २३ लाख’

कोशी प्रदेशसभा अधिवेशन अन्त्य

एमाले र कांग्रेसको संयुक्त सरकार निर्माण हुनेछः मुख्यमन्त्री कार्की

मोरङ । कोशी प्रदेश सरकारका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले राष्ट्रिय राजनीतिमा भएको समीकरणअनुसार प्रदेशमा हाललाई नेकपा (एमाले) र नेपाली कांग्रेसको संयुक्त सरकार निर्माण हुने बताउनुभएको छ ।

विराटनगर विमानस्थलमा आज साँझ सञ्चारकर्मीहरुसँग कुरा गर्दै उहाँले शक्ति सङ्ख्याका आधारमा नेकपा (एमाले) ले मुख्यमन्त्रीसहित पाँच र कांग्रेसले चार मन्त्रालय पाउने सहमति भएको जानकारी दिनुभयो ।

मुख्यमन्त्री कार्कीले वर्तमान अवस्थामा मन्त्रालयको सङ्ख्यामा वृद्धि नहुने प्रष्ट पार्नुभयो । उहाँले कांग्रेसले नाम दिएका आधारमा दुई÷चार दिनभित्र मन्त्रिमण्डल विस्तार गर्ने जानकारी दिनुभयो । मुख्यमन्त्री कार्कीले प्रदेशको बजेट पास भई कार्यान्वयनमा गइसकेकाले यसमा पुनरालोकन नहुने स्पष्ट पार्र्दै आवधिक समयमा बिग्रेका बजेटलाई कानुन बमोजिम सच्याउने सकिने विचार व्यक्त गर्नुभयो ।

उहाँले सामाजिक विकास मन्त्रालयका सचिवलाई आएको धम्की सम्बन्धमा प्रदेश सरकार कर्मचारी र नागरिकको सुरक्षाको निम्ति संवेदनशील छ भन्नुभयो ।
 

प्रकाशित मिति : १४ श्रावण २०८१, सोमबार  ८ : ५२ बजे