‘एउटै नाउरको सिकार गर्न २३ लाख’

कोशी प्रदेशसभा अधिवेशन अन्त्य

कृषि समितिको सभापतिमा सांसद कुसुमको एकल उम्मेदवारी

काठमाडौँ । प्रतिनिधिसभाको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको सभापतिमा नेपाली काँग्रेसका सांसद कुसुम थापामगरको एकल उम्मेदवारी दर्ता परेको छ ।

संसदीय समितिअन्तर्गतको उक्त समितिको सभापतिका लागि सांसद थापामगरको प्रस्तावकमा काँग्रेस सांसद वीरबहादुर बलायर र समर्थकमा एमाले सांसद सूर्यप्रसाद ढकाल रहनुभएकाे छ ।

यसअघि समिति सभापति रहनुभएकी डा, आरजु राणा देउवा परराष्ट्रमन्त्री भएपछि कृषि समितिको सभापति पद खालि भएको थियो । एकल रुपमा उम्मेदवारी परेपछि सांसद थापा निर्विरोध सभापति चयन हुनुभएकाे छ । 

काँग्रेसको समानुपातिक सांसद रहनुभएकी थापा पार्टी महामन्त्री गगन थापानिकट नेतृ हुनुहुन्छ ।

प्रकाशित मिति : १४ श्रावण २०८१, सोमबार  ४ : ४७ बजे