साफ यू–१७ च्याम्पियनसिप आजदेखि

देशभर मनसुनी वायुको प्रभाव कायम

‘नेशनल डे कन्सर्ट’ सम्पन्न

जापानमा छुरा प्रहारबाट एकै परिवारका तीन जनाको मृत्यु

टोकियो । मध्य जापानको शिजुओका प्रान्तमा आइतबार छुरा प्रहारबाट एकै परिवारका तीन जनाको मृत्यु भएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् ।

जिजी प्रेसका अनुसार स्थानीय समयअनुसार आइतबार दिउँसो २ः२५ बजे प्रहरीलाई किकुगावा शहरको आवासीय क्षेत्रमा रहेको एक घरमा एक व्यक्ति अस्वभाविकरूपमा दौडिरहेको सूचना प्राप्त भएको थियो ।

प्रहरी अधिकारीहरूले उक्त घरमा पुग्दा ८७ वर्षीय शोइची शिबुया, उहाँकी श्रीमती ८१ वर्षीया इकुको र उनीहरूकी ५२ वर्षीया छोरी रुमिको छुरा प्रहारबाट घाइते भएको अवस्थामा फेला पारेको थिए भने उनीहरूलाई उपचारका लागि तत्काल अस्पताल लगिएपनि अस्पतालले मृत घोषणा गरेको थियो । 

मृतकका नातेदार मानिएका २० वर्षीय एक व्यक्ति फरार रहेको र हत्याको आशङ्कामा उक्त व्यक्तिलाई पक्राउ गर्ने प्रयास भइरहेको प्रहरीले जनाएको छ ।

शिजुओका प्रिफेक्चुरल प्रहरीका अनुसार घटनास्थलमा एउटा चक्कु फेला परेको छ ।
 

प्रकाशित मिति : १४ श्रावण २०८१, सोमबार  ४ : ४३ बजे