साफ यू–१७ च्याम्पियनसिप आजदेखि

देशभर मनसुनी वायुको प्रभाव कायम

‘नेशनल डे कन्सर्ट’ सम्पन्न

टिआरसी सम्बन्धी विधेयक सहमति नजिक, यसै संसदबाट पारित हुने

काठमाडौँ । राजनीतिक दलहरू संक्रमणकालीन न्याय (टिआरसी) सम्बन्धी विधेयकको सहमति नजिक पुगेको छन् । आज बिहान  गृह मन्त्रालयमा बसेको कार्यदलको बैठक संक्रमणकालीन न्यायसम्बन्धी विधेयकमा सहमति नजिक पुगेको एमाले मुख्य सचेतक महेशकुमार बर्तौलाले जानकारी दिनुभयो  । 

उहाँले संक्रमणकालीन न्यायसम्बन्धी विधेयकलाई टुंगोमा पु-याउने मनोभावसहित अगाडि बढेको बताउनुभयो । 
“संक्रमणकाल सम्बन्धी पहिलाको मूल ऐन, संशोधन विधेयक, संसदीय समितिका उपसमितिहरू तथा समितिमा गरिएका छलफलबाट तयार भएको प्रतिवेदन र अहिले तीन जनाको संयन्त्रले तयार गरेको प्रतिवेदन आगामी बैठकमा पेश गर्दै छौँ,” उहाँले भन्नुभयो, “आगामी बिहीबार बस्ने बैठकमा सबै प्रतिवेदन ल्याउँछौँ र त्यसको आधारमा उक्त विधेयकको ड्राफ्ट तयार गर्ने छौँ ।”

उहाँले १८ वर्षदेखि थाती रहेको टिआरसी विधेयक यसै संसदबाट पारित गर्ने गरी काम गरिरहेको बताउनुभयो । “करिब १८ वर्षदेखि पेन्डिङमा रहेको टिआरसी विधेयक यसै संसदबाट पारित हुने गरी काम गर्न प्रधानमन्त्रीज्यूले पनि निर्देशन दिनुभएको छ,” उहाँले भन्नुभयो, “यसै संसदबाट पारित गर्ने गरी हामीले  मिहिनेतका साथ काम गरिरहेका छौँ ।”
उहाँले पीडितलाई केन्द्रमा राखी अन्तर्राष्ट्रिय मानवअधिकार सम्बन्धी कानून र सर्वोच्च अदालतको नजिरलाई समेत ध्यान दिएर कानून बनाउने तयारीमा रहेको बताउनुभयो । 

आजको बैठकमा कार्यदलका सदस्य नेपाली कांग्रेसबाट गृहमन्त्री रमेश लेखक, एमालेबाट मुख्य सचेतक महेश बर्तौला र माओवादी केन्द्रबाट उपमहासचिव जर्नादन शर्मा सहभागी हुनुहुन्थ्यो ।

बैठकमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसिया, संसदको कानुन, न्याय तथा मानव अधिकार समितिका सभापति विमला सुवेदी, महान्यायाधिवक्ता रमेश बडाललगायतको पनि सहभागिता थियो । 
 

प्रकाशित मिति : १४ श्रावण २०८१, सोमबार  १ : १८ बजे