‘एउटै नाउरको सिकार गर्न २३ लाख’

कोशी प्रदेशसभा अधिवेशन अन्त्य

एमालेले डाक्यो सचिवालय बैठक

काठमाडौँ । नेकपा (एमाले)ले सचिवालय बैठक डाँकेको छ । एमाले प्रचार विभागका प्रमुख राजेन्द्र गौतमले आगामी साउन १७ गते सचिवालय बैठक डाँकिएको जानकारी दिनुभयो । 

बैठकले केन्द्रीय नेताहरुको कार्यविभाजन र समसामयिक विषयमा छलफल गर्ने छ । ललितपुर, च्यासलस्थित पार्टी मुख्यालयमा बैठक बोलाइएको उहाँले बताउनुभयो । 

एक वर्ष अघि सबै केन्द्रीय सदस्यलाई सम्बन्धित भूगोलभन्दा बाहिर तोकेर कार्यविभाजन गरेको एमालेले त्यसलाई पुनरावलोकन गर्दै आफ्नै भूगोलमा खटाउने गत असार २६ गते बसेको सचिवालय बैठकले निर्णय गरेको थियो । सोही निर्णय अनुसार केन्द्रीय नेतालाई आफ्नै निर्वाचनमा खटाउने गरी एमालेले कार्यविभाजन गर्दै छ । 

ती नेताहरुको कार्यविभाजन गर्नका लागि पार्टीले कार्यविभाजन सम्बन्धी मापदण्ड तयार पारेको छ । केन्द्रीय सदस्यलाई प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचन क्षेत्रको जिम्मा दिइने तयारी एमालेले गरेको  छ । 

यस्तै पार्टी प्रदेशले आफ्ना सदस्यको जिम्मेवारी पालिका र जिल्ला कमिटीले आफ्ना सदस्यको जिम्मेवारी वडा कमिटी र पालिकाले आफ्नो सदस्यको कार्यविभाजन टोललाई बनाउने भएको छ ।

यस्तै टोल कमिटीले टोलभित्र रहेका प्रत्येक घरको हिसाबले पार्टी सदस्य विभाजन गर्ने एमालेको तयारी रहेको छ ।  

प्रकाशित मिति : १४ श्रावण २०८१, सोमबार  १२ : ३९ बजे