सहकारी प्रकरण : गृहमन्त्री, गृहसचिव र आइजीपीसँग समितिको छलफल जारी

काठमाडौं । सहकारी बचत रकम दुरुपयोग संसदीय छानबिन विशेष समितिले आज गृहमन्त्री रमेश लेखक, गृहसचिव एकनारायण अर्याल, आइजीपी बसन्त कुँवरसँग छलफल गरिरहेको छ ।

सिंहदरबारस्थित संघीय संसद सचिवालयमा समितिको बैठक अहिले जारी रहेको छ ।

जेठ १५ गते प्रतिनिधि सभाले गठन गरेको समितिले सहकारी क्षेत्रमा भएका हिनामिनाको अध्ययन गर्दै सरोकारवालाहरुसँग छलफल गरिरहेको छ । तीन महिनाको कार्यादेश पाएको समितिको दुई महिनाको समय बितेको छ ।

प्रतिनिधिसभा नियमावली २०७९ को नियम १८० बमोजिम गठन भएको समितिमा एमाले सांसद सूर्यबहादुर थापा सभापति रहनुभएको छ भने कांग्रेसबाट ईश्वरीदेवी न्यौपाने र बद्रीप्रसाद पाण्डे हुनुहुन्छ भने एमालेबाट सदस्यमा सरिता भुसाल माओवादी केन्द्रबाट लेखनाथ दाहाल, राष्ट्रिय स्वतन्त्र पार्टीबाट शिशिर खनाल र राप्रपाबाट ध्रुवबहादुर प्रधान सदस्य रहनुभएको छ ।

प्रकाशित मिति : १४ श्रावण २०८१, सोमबार  १२ : ३० बजे