‘एउटै नाउरको सिकार गर्न २३ लाख’

कोशी प्रदेशसभा अधिवेशन अन्त्य

अब माधवमाथि वास्तै नगर्ने ‘ओली नीति’ 

काठमाडौँ । २०७८ साल वैशाख ९ गते राजधानीको मेरिएट होटलमा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र सो पार्टीका वरिष्ठ नेता माधवकुमार नेपालबीचको छलफल राष्ट्रिय र अन्तराष्ट्रियस्तरमा नै चर्चाको विषय बनेको थियो।

यस्तो बन्नुको कारण फुट्न लागेको एमाले मिलाउन तत्कालीन प्रधानमन्त्री ओलीले माधव नेपाललाई अनेक प्रयास गर्नुभएको थियो।  मनमुुटाव् बिर्सेर पार्टीलाई एक बनाऊँ भन्दै ओलीले नेपाललाई मनाउने प्रयास गर्नुभएको थियो। नेपालले ओलीको त्यो प्रस्तावलाई ठाडै अस्वीकार गर्नुभएको थियो। 

त्यसपछि ओलीले नेपाललाई २०७२ सालको भूकम्पले क्षेती भएको धरहराको निर्माण प्रगति विवरण  होटेलको झ्यालबाट देखाउनु भयो। त्यस बेला  धरहरा देखाउँदै ओलीले पार्टीमा मिलेर  बस्नका  लागि प्रस्ताव राख्दै नेपालाई वरीयता क्रमको दोस्रो अध्यक्ष बनाउने बचन समेत दिनुभएको थियो। ओलीले भूकम्पपछि ‘म बनाउँछु , मेरो धरहरा ’ अभियान सञ्चालन गर्नुभएको थियो। सो अनुसार त्यस बेला धरहराको धेरै भाग निर्माण भइसकेको थियो। 

शायद त्यो प्रस्ताव राख्दा नेपाललाई  चलाउने ‘रिमोट’ अन्यत्रै भएर  होला त्यसलाई उहाँले अस्वीकार गर्नुभएको थियो। 

नेकपा एसलाई  पार्टीगत हैसियत अस्वीकार गर्दै आउनु भएका ओलीले नेकपा एसका अध्यक्ष रहेका नेपाललाई पत्र लेखेर २०७९ फागुन २५ गते भएको राष्ट्रपति निर्वाचनमा  सहयोग गर्न आग्रह गर्नुभएको थियो। तर ओलीको सो आग्रहलाई अस्वीकार गर्दै एमाले उम्मेदवार सुवास नेम्बाङको विरोधमा खडा  गरिएका काँग्रेस उम्मेदवार रामचन्द्र पौडेललाई नेकपा एसले मतदान गरेको थियो। 

‘माधव नेपालको नाम लिनु परे मुख कुल्ला गर्छु’ भन्ने  अवस्थामा सम्म पुग्नु भएका एमाले अध्यक्ष ओलीले राष्ट्रपति बन्ने प्रस्ताव नेपाललाई राख्नु भएको थियो। तर नेपालले त्यसलाईपनि  ठाडै अस्वीकार गर्नुभयो । 

यस्ता  घटनाक्रमले एमाले अध्यक्ष केपी शर्मा ओलीले नेपालाई पटक पटक अवसर दिन खोजेको देखिन्छ। तर नेपालले धेरै पटक ओलीको सदाशयतालाई  अस्वीकार गरेको देखिन्छ। 

माधव नेपालसँग यस्ता प्रस्ताव राख्दा राख्दा  आजित हुनुभएका ओली भने  अब कठोर बन्न थाल्नु भएको छ। स्रोतका अनुसार ओलीले अब माधव नेपाललाई  पक्ष वा विपक्ष कतै पनि वास्ता नगर्ने नीति लिनुभएको छ । त्यसैले उहाँले नेपाल र उहाँको पार्टी एसलाई कुनै महत्त्व दिन छोड्नु भएको बुझिएको छ। 

असार १६ गते नेकपा एसको महाधिवेशन भयो। एसले अन्य धेरै राजनीतिक पार्टीका नेताहरूलाई निमन्त्रणा दियो र सहभागी भए। तर एमाले अध्यक्ष केपी शर्मा ओली त्यसमा जानु भएन। उहाँ मात्र होइन, एमालेको कोही प्रतिनिधि समेत गएनन् ।स्रोतका अनुसार माधव नेपाललाई बेवास्ता गर्दै जाने ‘ओली नीति’अनुसार नै एमालेका प्रतिनिधि सहभागी नभएका हुन् । 

महाधिवेशनमा नै  यो विषयमा माधव नेपालले औपचारिक रूपमा नै ओली सहभागी नहुनु भएकोमा गुनासो गर्नुभएको थियो। नेपालले आफूले पत्र पठाएको, फोन गरेको र म्यासेज गरेको भए पनि ओली आउनु भएन भन्दै दुख मनाउ गर्नुभएको थियो। 

 ओलीले नेपालप्रति यति सदाशयता देखाउँदै गएपछि पनि एमालेसँगको गठबन्धनमा बसेर  काँग्रेससँग मिलेर भत्काउने प्रयास गरेको  सूचना केपी ओलीलाई थाहा थियो।  प्रधानमन्त्रीको ललिपप काँग्रेसले देखाउँदा  केही दिन नेपालको खुट्टा भुईँमा थिएन।  त्यसैको उन्मादमा ओली तर्फ लक्षित गर्दै  ‘ म प्रधानमन्त्री हुन्छु भनेर कसैलाई पोलिरहेको होला, भतभती पोल्न दिनुस् भन्दै नेपालले टिप्पणी गर्नुभएको थियो। तर नेपालले त्यसो भनेको १५ दिन नपुग्दै त्यो पार्टीको राजनीति सत्ताबाट सडकमा बजारियो। 

एसले असार १६ गते  ठुलो तामझाम गरेर महाधिवेशनको आयोजना ग-यो। उद्घाटन गर्दा सत्तामा रहेको पार्टी बन्द सत्र सुरु हुँदा सडकमा पुग्यो। सडकमा यसरी पुग्यो कि  सरकारमा रहेको बेला सुरु भएको महाधिवेशन उद्घाटन भएको भोलिपल्ट बाल कोटमा एमाले अध्यक्ष ओली र काँग्रेस सभापति शेरबहादुर देउवाबीच भएको छलफलले राजनीतिको कोर्स मात्र परिवर्तन गरेन  ठुला पार्टीको आड लागेर  धम्क्याउने, घुर्क्याउने, साना पार्टीको अवस्था दयनीय बन्न पुग्यो। यही कोटीमा पर्नुभयो नेपाल र उहाँको पार्टी एस । 

स्रोतका अनुसार अब  ओलीको नजर एसका अध्यक्ष नेपाल तिर होइन, त्यो पार्टीका असल नेता कार्यकर्तामाथि परेको छ।  नेपाललाई बेवास्ता गर्ने ओली नीति अनुसार अब  नेकपा एसमा नेपाल र घनश्यामको गोठ  बाहेक अरु  एमालेमा भित्रिने दिने आउन धेरै  बाँकी नरहेको स्रोतले बतायो। 

 

प्रकाशित मिति : १४ श्रावण २०८१, सोमबार  ११ : ५६ बजे