सुनको मूल्य अहिलेसम्मकै उच्च

विदेशिए गोठाला, हराए गोठ

यस्तो छ आजको मौसम पूर्वानुमान

पोखरामा विद्यार्थी बोकेको स्कूल बस दुर्घटना हुँदा एकजनाको मृत्यु

काठमाडौं । पोखरा महानगरपालिका वडा नम्बर २१ को फुर्सेखोलामा भएको स्कुल बस दुर्घटनामा एक जनाको मृत्यु भएको छ ।

 मृत्यु हुनेमा एलपी देवकोटा मेमोरियल विद्यालयकी कार्यालय सहयोगी आरती विक रहेको प्रहरीले जनाएको छ ।

सोमबार बिहान एलपी देवकोटा मेमोरियल इंग्लिस स्कुलको ग १ क ६२१९ नम्बरको बस फुर्सेखोलाको घुम्तीमा सडकबाट करिब ५०  मिटर तल खसेको थियो ।

घाइते विद्यार्थीहरूलाई पोखराका विभिन्न अस्पतालमा उपचार भइरहेको कास्की प्रहरीले जनाएको छ।

उनीहरूको शरीरको विभिन्न भागमा चोट लागेको प्रहरीले जनाएको छ।

 

 

प्रकाशित मिति : १४ श्रावण २०८१, सोमबार  ११ : ११ बजे