सुनको मूल्यमा नयाँ कीर्तिमान

बाढीपीडितको अवस्था बुझ्न प्रधानमन्त्री ओली मेलम्चीमा

काठमाडौं । ​​​​​​​मेलम्चीमा आएको बाढीबाट पीडित भएकाहरूको अवस्था बुझ्न प्रधानमन्त्री केपी शर्मा ओली सिन्धुपाल्चोक  पुग्नु भएको छ।

भौतिक पूर्वाधार मन्त्री बसन्त नेम्वाङ, नेकपा एमाले केन्द्रीय सदस्य एवं पार्टी केन्द्रीय कार्यलय सचिव शेरबहादुर तामाङसहित उहाँ केहीबेर अघि सिन्धुपाल्चोक प्रस्थान गर्नुभएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

बाढीपीडितको पछिल्लो अवस्था बुझेर उनीहरूको पुनःस्थापनका सम्बन्धमा आवश्यक रणनीति बनाउनका लागि प्रधानमन्त्री ओली स्थलगत अवलोकनमा  जानुभएको हो ।

प्रधानमन्त्रीले क्षतिग्रस्त मेलम्ची आयोजना, हेलम्बु पहिरो प्रभावित क्षेत्र लगायतका विभिन्न स्थानको हवाइ निरीक्षण गर्नुहुनेछ ।

त्यस्तै हेलम्बुको गणेश बगरमा आयोजना गरिने कार्यक्रममा जनप्रतिनिधि, दलका नेताहरु, बाढी पहिरो पीडितसँग प्रधानमन्त्रीले केहीबेर अन्तर्क्रिया गर्ने कार्यक्रम रहको छ ।

त्यसपछि  प्रधानमन्त्री  मेलम्ची बजारमा आयोजना हुने कार्यक्रममा सहभागी हुनुुहनेछ । त्यहाँ प्रमुख जिल्ला अधिकारीले सिन्धुपाल्चोकमा भएको क्षतिको विवरण प्रधानमन्त्रीलाई जानकारी गराउनुहुनेछ । त्यसैगरी मेलम्ची खानेपानी आयोजनाका प्रमुखले मेलम्चीको अवस्था जानकारी गराउने कार्यक्रम छ ।

प्रधानमन्त्रीको सचिवालयका अनुसार मेलम्ची बजारका बाढीपिडितहरुसँग प्रधानमन्त्रीले केहीबेर अन्तर्क्रिया गर्ने कार्यक्रम छ । सचिवालयले दिएको जानकारी अनुसार बाढी पिडित र भौतिक क्षतिको अवस्था बुझेपछि प्रधानमन्त्रीले राहतको र पुनर्निर्माणका प्याकेज घोषणा गर्ने तयारी छ ।
 

प्रकाशित मिति : २६ असार २०७८, शनिबार  ११ : ३५ बजे