‘नेशनल डे कन्सर्ट’ सम्पन्न

गोविन्दराज जोशीको मुद्दा: १२ वर्ष पछि फैसला, दोषी ठहर

काठमाडौँ । सर्वोच्च अदालतले पूर्वमन्त्री गोविन्दराज जोशीलाई भ्रष्टाचार मुद्दामा दोषी ठहर गरेको छ। सर्वोच्च अदालतका न्यायाधीशद्वय  विनोद शर्मा र बालकृष्ण ढकालको इजलासले आइतबार जोशीलाई भ्रष्टाचार मुद्दामा दोषी ठहर गर्दै सजाय तय गरेको हो।

विशेष अदालतका अध्यक्ष गौरीबहादुर कार्की, सदस्यहरु ओमप्रकाश मिश्र र केदारप्रसाद चालिसेको इजलासले २०६९ साउन १० गते गैरकानूनी रुपमा सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको ठहरसहित जोशीलाई बिगो र त्यही बराबर २ करोड १६ लाख १४ हजार ३७६ रुपैयाँ जरिवाना हुने फैसला सुनाएको थियो। विशेष अदालतले जोशीलाई डेढ वर्ष कैद हुने फैसला पनि गरेको थियो।

न्यायाधीशद्वय शर्मा र ढकालको इजलासले सजायमा केही उल्टी गर्दै ६९ लाख १५ हजार रुपैयाँ जरिवाना र ९ महिना कैद सजाय सुनाएको हो।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २०६० सालमा पूर्वमन्त्री जोशीविरुद्ध गैरकानुनी सम्पत्ति आर्जन गरेको आरोपमा भ्रष्टाचार मुद्दा दायर गरेको थियो। विशेषको फैसलाविरुद्ध जोशीले फागुन २०६९ मा सर्वोच्चमा पुनरावेदन दिनुभएको थियो।

 

प्रकाशित मिति : १३ श्रावण २०८१, आइतबार  ६ : ४८ बजे