‘एउटै नाउरको सिकार गर्न २३ लाख’

कोशी प्रदेशसभा अधिवेशन अन्त्य

सञ्चारमन्त्रीद्वारा मानवसेवा आश्रम भवनको निरीक्षण

लमजुङ । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले यहाँ निर्माणाधीन मानवसेवा आश्रम भवनको निरीक्षण गर्नुभएको छ । बेँसीसहर नगरपालिका–९ पाखाथोकमा निर्माणाधीन मानवसेवा आश्रमको आज यहाँ उहाँले स्थलगत निरीक्षण गर्नुभएको हो । 

आश्रमको निरीक्षण गर्दै सञ्चारमन्त्री गुरुङले आफू प्रदेशको मुख्यमन्त्री हुँदा नै आश्रमलाई सक्दो सहयोग गरेको र आगामी दिनमा पनि बजेटका लागि पहल गर्ने प्रतिबद्धता जनाउनुभयो । उहाँले असहाय, बेवारिसे, दिन दुःखीलाई आश्रय दिएर आश्रमले सराहनीय काम गरेको बताउनुभयो । 

सो अवसरमा आश्रमकी संयोजक अनिता अधिकारीले सञ्चारमन्त्री गुरुङलाई भाडामा आश्रम सञ्चालन गर्दा समस्या भएको बताउनुभयो । आश्रमका लागि धेरै संरचना बन्न बाँकी रहेको उहाँले सञ्चारमन्त्री गुरुङलाई जानकारी दिनुभयो । 

पहिरो रोकथाम गर्न, पर्खाल टेवा लगाउन, जग्गा सम्याउन र तीनवटा घर निर्माण गर्न रु ६ करोड खर्च भइसकेको संयोजक अधिकारीको भनाइ थियो । वि‍‍‍‍संं २०७८ देखि आश्रम निर्माण थालिएको हो । गण्डकी प्रदेश सरकार, पालिका, विभिन्न सङ्घसंस्थाको भवन निर्माण भइरहेको छ । आश्रमको भवन निर्माण गर्न ‘बालसपना समाज’ले पाँच रोपनी जग्गा निःशुल्क उपलब्ध गराएको छ । वि.सं.२०७३ चैतदेखि बेँसीसहर नगरपालिका–७ मा घर भाडामा लिएर आश्रम सञ्चालन गरिएको छ । हाल आश्रममा २३ जना रहेका संयोजक अधिकारीले बताउनुभयो । 

प्रकाशित मिति : १३ श्रावण २०८१, आइतबार  ४ : ५९ बजे