‘एउटै नाउरको सिकार गर्न २३ लाख’

कोशी प्रदेशसभा अधिवेशन अन्त्य

२०८४ मा एक्लै चुनाव लडेर जित्छौँ : प्रचण्ड

काठमाडौँ । पूर्व प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले जारी पार्टी पदाधिकारी बैठकमा २०८४ को निर्वाचन एक्लै लड्ने र जित्ने योजनाका साथ छलफल भइरहेको बताउनुभएकाे छ।

आइतबार पार्टी केन्द्रीय कार्यालयमा पेरिसडाँडामा आयोजित पार्टी प्रवेश कार्यक्रममा बोल्दै अध्यक्ष प्रचण्डले सो कुरा बताउनुभएकाे हाे ।

अध्यक्ष प्रचण्डले भन्नुभयाे, "पार्टीको पदाधिकारी बैठक चलिरहेको छ। बैठकमा २०८४ को चुनाव एक्लै लड्ने र जित्ने योजनाका साथ छलफल चलिरहेको छ। यस्तो महत्त्वपूर्ण समयमा तपाईँहरू पार्टीमा आउनुभएको छ। यसले फेरि माओवादीलाई शक्तिशाली बनाएर देशमा सुशासन कायम गर्न महत्त्वपूर्ण सन्देश दिनेछ।"

उहाँले १८ महिना सरकारको नेतृत्वमा रहँदा सुशासन,सामाजिक न्यायका पक्षमा अहोरात्र काम गरेको बताउनुभयाे ।

प्रकाशित मिति : १३ श्रावण २०८१, आइतबार  ४ : ५५ बजे