मौद्रिक नीतिको सकारात्मक असर नेप्सेमा, पहिलो दुई मिनेटमै सर्किट ब्रेक

काठमाडौँ ।  यस आर्थिक वर्षको मौद्रिक नीतिको सकारात्मक असर सेयर बजारमा देखिएको छ । 

आज कारोबार सुरू भएको एक मिनेट ३२ सेकेन्डमा नै नेप्से इन्डेक्स चार प्रतिशत बढेर २० मिनेटको लागि कारोबार स्थगित गरिएको छ । 

बजार प्रि-ओपन सेसनमै ३८ अंकले बढिसकेको थियो । सेयरबजारको कारोबार खुल्नअघिको प्रि-ओपन सेसनमै नेप्से ३८ अंकले बढ्दा १८ लाख ५०६ कित्ता शेयरको खरिदबिक्रीमा हुदाँ ९ करोड ६८ लाख रूपैयाँको कारोबार भएको हो ।

प्रकाशित मिति : १३ श्रावण २०८१, आइतबार  ११ : ०३ बजे