साफ यू–१७ च्याम्पियनसिप आजदेखि

देशभर मनसुनी वायुको प्रभाव कायम

‘नेशनल डे कन्सर्ट’ सम्पन्न

यी हुन् सहकारी ठगीमा फरार २९ जना

शिक्षा व्यवस्था र देशको अवस्था

शैक्षिक-सामाजिक दर्शनमा मौलिकता हराएपछि त्यसले हामीलाई खराब बनाउँदैछ। अहिले हाम्रा मौलिक संस्कार र संस्कृतिहरूका सबल पक्षहरू छाँयामा मात्र परेनन् हाम्रो आनीबानी र व्यवहारहरूमाथि पनि प्रश्न उठ्न थालेको छ। हाम्रो मनस्थिति निरन्तर कमजोर बन्दा देशको परिस्थिति विवादित बन्दैछ। घर, समाज र शिक्षालयहरूले दिने अनौपचारिक र औपचारिक शिक्षा विकृत बन्दै जाँदा हाम्रो मनस्थितिसँगै देशको परिस्थिति पनि नकारात्मक बनिरहेको छ। त्यसमाथि राजनीतिमा हावी हुँदै गएको विचारहिनता अर्थात धनवाद र बाहुबलले पछिल्लो पुस्ताको आनीबानी र व्यवहारमात्र खराब बनाएन समाजमा जोर जबरजस्ती र हिंसा सामान्य हुन थालेको छ।

२०४६ सालको राजनैतिक तथा संवैधानिक परिवर्तनपछि राजनीतिको आवरणमा जसरी जोर जबरजस्ती र हिंसाले प्रश्रय पायो, त्यसले पछिल्लो पुस्ताको मनोविज्ञान हिंस्रक बन्न प्रेरित गर्यो। किनभने हिंसा र जोर जबरजस्तीमा संलग्न पक्षलाई शान्ति स्थापनाको नाममा उनीहरूका गलत गतिविधिलाई क्षम्य बनाइयो।

जबकि त्यो अक्षम्य अपराध थियो। यसले पछिल्लो पुस्तालाई अराजक बन्न र अपराधिक क्रियाकलाप गर्न उक्साउने काम गरेको छ। मान्छेमा मानवीय संवेदना हराएको छ। मान्छे मार्ने र मराउने खेल सामान्य भएको छ। बुद्धले दिएको शान्तिको सन्देश नारामा सिमित बनाइएको छ। एकले अर्कोमाथि सन्देहको दृष्टिकोणले हेर्नुपर्ने बाध्यात्मक परिस्थिति बन्दैछ।

हामीले बुझ्नुपर्थ्यो, व्यक्तिमा अराजक र अपराधिक चरित्रको विकास हुनुका पछाडि खराब शैक्षिक प्रणाली र सामाजिक अभ्यास अनि विचारमा स्खलित राजनीतिको विशेष भूमिका थियो। त्यसलाई असल बनाउन सबैको सकारात्मक योगदान र रचनात्मक आलोचना अनिवार्य आवश्यक भइसकेको छ।

नेपालको शिक्षा व्यवस्थामा जति(जति म्याकुल्ले दर्शनको प्रभाव हावी भो, नेपाली समाजमा उति(उति अराजक प्रवृत्ति र अपराधिक गतिविधि बढ्न थालेको छ। हामीले शिक्षाको दार्शनिक पक्षलाई पुनरावलोकन गर्न ढिलो गर्दा एकातिर शिक्षामा गरेको लगानीको प्रतिफल सन्तोषजनक भएको छैन् भने अर्कोतिर हिजोभन्दा आज देश पछाडि परिरहने परिस्थिति बन्दैछ।

आज देशको परिस्थिति र हाम्रो मनस्थितिका बारेमा प्रश्न उठाउनेहरूलाई सहज भएको छ। हामीमा स्वअनुशासन हराएको छभने राज्यले कानुनको पालना गराउन सकेको छैन्। प्राज्ञिक वर्ग भनेर चिनिने पक्षहरू न आफ्नो विद्वत्ता देशको पक्षमा प्रयोग गर्छन् न त विवेक नै। “मुद्रा बुझेर मुद्दा ओकल्ने प्राज्ञिक र पेसाकर्मी तयार गर्ने शिक्षा भएपछि भ्रमले भिंड र भिंडले भद्रगोल बढाउने नै भो।” जब बौद्धिक तथा प्राज्ञिक वर्गहरू अस्वभाविक र अनैतिक गतिविधिहरू गर्न पछि हट्दैनन् भने त्यसले समाजमा अराजकता निम्त्याउँछ नै।

पूर्वी चितवनमा सुजिता भण्डारीको अस्वभाविक मृत्यु प्रकरण र भरतपुर चौबिस कोठीबाट आठ दिनदेखि बेपत्ता भएकी विना सापकोटाको घटनाले हाम्रो खराब र असुरक्षित सामाजिक परिवेशको संकेत गरेको छ। त्यसैले समाजमा अपराध बढ्दो छ, राजनीतिकरण नगरी त्यसको कारण खोजौं। घटना तथा समस्याहरूको कारण र प्रभावको सूक्ष्म ढंगले विश्लेषण गरेरमात्र निष्कर्षमा पुगौं। सबैखाले अपराधमा संलग्न पक्षहरूलाई कानुनको कठघरामा उभ्याउन पहल गर्दै सभ्य, सु(संस्कृत र सम्वृद्ध समाजको निर्माणमा योगदान गरौं।

म्याकुल्ले शैक्षिक दर्शन र नीतिको प्रभावले हाम्रो सामाजिक चरित्र निरन्तर खस्कदो छ। यसले एकातिर हाम्रो मौलिक भाषा, संस्कृति र विज्ञानलाई कमजोर बनाउँदै छभने अर्कोतिर पूर्वीय दर्शन र सभ्यतामाथि प्रश्न उठाएर सांस्कृतिक र धार्मिक अतिक्रमणसँगै भाषिक अतिक्रमण सहज बनाउन समाजमा जातीय तथा क्षेत्रीय सदभाव खलबल्याउने प्रयास पनि भइरहेको छ। त्यतिमात्र होइन, म्याकुल्ले शिक्षा नीतिले नागरिकलाई देश होइन, परदेश प्यारो बनाउने ढंगले प्रशिक्षित गरिरहेको छ। अथवा देशमा परनिर्भरता बढाउने भूमिका खेलिरहेको छ।

“पराई भूमि मलिलो बनाउन सिकाउने राज्यको नीति र शिक्षा व्यवस्था कायम भएसम्म न नेपाल सम्वृद्ध बन्न सक्छ, न हामी नेपाली नै सुखी हुन सक्छौं। परदेशिने उतैको पहिचानमा रमाउने अभ्यासले देशमा जनशक्तिको अभावमात्र भएको छैन्, अंगिकृत नागरिकको प्रभाव बढ्दो छ। नागरिक निर्यात गरेर प्राप्त हुने विप्रेषण सम्वृद्धिको आधार हुन सक्दैन भन्ने कुरा हामी किन बुझ्दैनौंरु”

सामाजिक सञ्जालमा अभिभावकहरूले आफ्ना सन्तानको विदेश बसाई र प्रगतिको गर्वका साथ बखान गरेको भेटिन्छ। त्यसलाई उनीहरूले आफ्नो प्रतिष्ठा बढेको ठानेका छन्। त्यसमा आउने प्रतिक्रियाहरू पनि त्यस्तै(त्यस्तै पाईंन्छ। तर त्यसको दीर्घकालिन प्रभावका बारेमा कुनै सरोकार राखेका छैनन्। किनभने विदेशमा छोराछोरीहरूले गरिरहेको प्रगतिले देशको गुणात्मक विकासमा खासै योगदान गर्दैन भन्ने कुराप्रति अभिभावकहरू सचेत देखिदैनन्।  हुन त राज्य पनि आफ्ना नागरिकको क्षमता र उर्जाशील समय देश मै प्रयोग गर्नुपर्छ भनेर कार्यशील भइरहेको छैन्। हाम्रा खेतबारी, पाखा पखेराहरू उजाड भइरहेका छन्। देश हरेक कुरामा परनिर्भर हुनुपरेको छ।

अहिलेको राष्ट्रिय राजनीति, नीति र शिक्षा व्यवस्थाले परनिर्भरता बढाउन योगदान गरिरहेको छ। तर यो सत्यलाई न राजनीतिक नेतृत्वले स्विकारेको छ न त नागरिकको जागरूकता नै खराब हटाउने गरी विकास भएको पाईंन्छ। जसले गर्दा देशमुखी नीति र जनमुखी अभ्यास लागु हुने परिस्थिति बनेन। परिणामस्वरूप हिजोभन्दा आज हामी कमजोर  र परनिर्भर भइरहेका छौं।

खराब शिक्षाको शैक्षिक उत्पादन सधैं खराब नै हुन्छ। खराब शैक्षिक उत्पादन असल नतिजाका लागि कार्यशील हुने कुरा भएन। खराब नतिजाले समाजको मनोविज्ञान असल बनाउन पनि सकेन। समाजको खराब मनोविज्ञानले सकारात्मक नतिजाका लागि योगदान गर्ने कुरो पनि भएन। त्यसैले शिक्षा व्यवस्थामा आमूल परिवर्तनका लागि बिलम्व नगरौं। 

अहिले समाजमा जे(जस्ता विकृति तथा विसंगतिहरू देखिएका छन्, त्यसको मुख्य र पहिलो कारण खराब शिक्षा नै हो। यो यथार्थलाई स्विकारेर नयाँ र राम्रो शिक्षा व्यवस्थाको विकासमा सरोकारवालाहरूले विशेष भूमिका खेल्नै पर्छ। अन्य प्रयासहरूले समस्याहरूको दिगो समाधान दिन सक्दैन।

तर दुर्भाग्य नै भन्नुपर्छ, सरोकारवालाहरूले यो अनिवार्य आवश्यकतालाई मनन गरेर प्रगतिवादी सोचका साथ व्यवहार गरेको पाईंदैन्। यो नै आजको मुख्य समस्या बनेको छ। हामी बिग्रिएर राजनीति बिग्रिएको हो, न कि राजनीति बिग्रिएर हामी। यो तितो सत्य जनताको तहमा स्विकार भयोभने नेतृत्वलाई राजनीति असल बनाउन शिक्षा पनि असल बनाउनु पर्छ भनेर दबाव दिन सकिन्थ्यो। 

शिक्षाको मूल दर्शन, राष्ट्रिय उद्देश्य र नीति, कानुनसँगै प्रणाली मै पुनरावलोकन गरेर नयाँ शिक्षा व्यवस्थाको विकासमा योगदान गर्नुपर्ने भएको छ। अब पनि यथास्थिति मै शिक्षामा लगानी गरिरहनु भनेको देशको परिस्थिति र नागरिकको मनस्थितिलाई अझ समस्याग्रस्त बनाउनु हो।

किनभने वर्तमान शिक्षा व्यवस्थाले देशका लागि जनशक्ति तयार गर्ने र असल नागरिक बनाउने लक्ष्य नै लिएको छैन्। शैक्षिक उत्पादनहरू अपवाद बाहेक सबै विदेशिन्छन्।  संस्थागत शिक्षालयका उत्पादन अमेरिका, युरोप र अष्ट्रेलियालगायतका मुलुकमा गएर परिचय नै बदलेर उतैको नागरिक हुन्छन् भने सामुदायिक शिक्षालयका उत्पादनभने मलेसिया, खाडीलगायतका मुलुकमा गएर आफ्नो उर्जाशील समय उतै खर्चिएर फर्कन्छन्।

यी दुवैखाले नागरिकको भूमिका पराई भूमि हराभरा बनाउन मै केन्द्रीत देखिन्छ। संस्थागत शिक्षालयका उत्पादनलाई शैक्षिक परामर्श कम्पनीमार्फत अमेरिका, युरोप र अष्ट्रेलिया पुर्याईंन्छन् भने सामुदायिक शिक्षालयका उत्पादन म्यान पावर कम्पनीमार्फत मलेसिया, खाडीलगायतका मुलुकमा निर्यात गरिन्छ।  

देशको सामान्यभन्दा सामान्य विकास निर्माणको काम गर्न पनि दक्षिणको जनशक्तिको भर पर्नु पर्छ। किनभने वर्तमान शिक्षा व्यवस्थाले हामी नेपालीको मनोविज्ञान देशमा श्रम गर्दा प्रतिष्ठा घट्ने तर त्यस्तै प्रकृतिको काम विदेशमा गर्न गर्व गर्ने बनाएको छ।

वर्तमान शिक्षा व्यवस्थाको निरन्तरताले देशको सम्वृद्धिमा कुनै योगदान गर्नेवाला छैन्। किनभने हाम्रा शैक्षिक उत्पादन देशमा परिश्रम गर्न रूचाउँदैनन्। यो शिक्षाले नागरिकलाई न देश चिनायो न त देशको महत्त्व नै बुझाउन सकेको छ। देश नचिन्ने र देशको महत्त्व नबुझ्ने नागरिकमा देशको हितमा कार्यशील हुने क्षमता हुँदैन।

यस्तो स्थितिमा नागरिक पराई भूमिमा गएर रमाउँछ र हराउँछ भने राजनीतिक, न्यायिक, प्राज्ञिक र प्रशासनिक नेतृत्वभने देशमै बसेर परदेशको स्वार्थमा क्रियाशील भइदिन्छ। किनभने राष्ट्रिय स्वार्थमा नीति बनाउने तत्परता नदेखाउनु पनि बाह्य स्वार्थलाई बलियो बनाउनु हो।

शैक्षिक, सामाजिक, आर्थिक, प्रशासनिक र न्यायिक प्रणालीहरूमा संरचनात्मक परिवर्तनविना न राष्ट्रिय स्वार्थ बलियो हुन्छ न त राष्ट्रिय उद्देश्यहरू नै पूरा गर्न सकिन्छ। तर हामीभने अनावश्यक रूपमा राजनीतिक मुद्दामा मात्र केन्द्रीत भएर राज्यको महत्त्वपूर्ण समय, श्रोत र साधनहरू खेर फालिरहेका छौं। फेरि यो खालको अभ्यासले जताततै माफिया प्रवृत्ति हावी भइरहेको मात्र छैन्, माफियाहरूबाट नागरिक र राज्य दुवै ठगिने परिस्थिति बनेको छ।

म्याकुल्ले शिक्षा नीति र दर्शनले एकातिर नागरिकलाई आफ्नो मौलिकपन र माटो छोड्न सिकाउँदैछभने अर्कोतिर  भाषा, धर्म, संस्कृति र पहिचान छोड्न प्रोत्साहित गरिरहेको छ। अस्वभाविक रूपमा धर्मान्तरणमात्र भएको छैन् गिर्जाघरहरूको सङ्ख्या बढे झै अंगिकृत नागरिकको सङ्ख्या पनि बढदो छ। यहाँका पाटीपौवा, मठमन्दिर र गुम्वाहरू मात्र भत्किएका होइनन्, शिक्षालयहरू पनि धारासायी बनेका छन्। जब सांस्कृतिक धरोहर अनि शिक्षालयहरू कमजोर हुन्छन् भने देश बलियो र सम्वृद्ध बन्ने अवस्था पनि बन्दैन।

राम्रो अर्थात असल शिक्षा व्यवस्थाले नागरिकको मनस्थितिसँगै देशको परिस्थिति पनि रचनात्मक र सकारात्मक बनाउने भूमिका खेल्छ। नगारिकलाई मन, बचन र कर्मले देशको सम्वृद्धिमा क्रियाशील हुन सिकाउँछ। मौलिक भाषा, धर्म, संस्कृति र पहिचानको संरक्षणमा योगदान गर्नुपर्छ भन्ने भावनाबाट निर्देशित हुन्छ। देशको राजनीति देशमुखी र जनमुखी बनाउन सहयोगीको भूमिका खेल्छ। असल नागरिकको साथ सहयोग र पृष्ठपोषण पाएको राज्य सधैं बलियो  पनि हुन्छ। अनि देशमुखी र जनमुखी नीतिबाट परिचालित हुन राज्य सधैं सक्षम हुन्छ।

समाजमा अहिले जेजस्तो विकृति र विसंगति देखिएका छन्, त्यसको पहिलो र मुख्य कारण खराब शिक्षा नै हो। अब प्रश्न उठ्छ, आजको शिक्षा कति खराबरु उत्तर त्यति कठिन छैन्। यसका लागि सामान्य तथ्य र तथ्याङ्कहरू नै काफी हुन्छ। तथ्याङ्कले नेपालमा साक्षरता दर र शिक्षित जनशक्तिको सङ्ख्या बढेको देखाउँछ।

तर आर्थिक वृद्धि सोअनुपातमा ज्यादै न्युन अनि भौतिक विकास कम गुणात्मक हुनुका साथै समय मै सम्पन्न भइरहेको छैन् र लागत पनि अस्वभाविक रूपमा बढाएको छ। यो खराब शैक्षिक व्यवस्था र राज्य प्रणालीको बलियो सूचक हो। त्यसैले शिक्षा व्यवस्थामा आमूल परिवर्तन गर्दै हाम्रा भाषा, धर्म, संस्कृति र पहिचानको संरक्षण पनि गर्दै विकासलाई गुणात्मक बनाउन भूमिका खेल्नुपर्ने भएको छ।

प्रकाशित मिति : २६ असार २०७८, शनिबार  ९ : ५४ बजे