सुनको मूल्य अहिलेसम्मकै उच्च

विदेशिए गोठाला, हराए गोठ

यस्तो छ आजको मौसम पूर्वानुमान

सुदूरपश्चिमको बजेट बहुमतले पारित

धनुषामा रेलले चेपिएर एक युवक गम्भीर घाइते

जनकपुरधाम । भंगहा–जनकपुर–जयनगर रेल्वेको लिकमा परेर एक युवकको दुवै खुट्टा गुमेको छ । जनकनन्दनी गाउँपालिका– ३ महुवाका मिश्री दासका अन्दाजी ३५ वर्षीय छोरा श्रीराम दासको रेल्वे लिकमा परेर खुट्टा काटिएको हो ।

रेलको लिक छेउको बाटोबाट हिंडिरहेका युवक शनिबार बिहान सवा ११ बजे धनुषाको खजुरीस्थित रेलको लिकमा परेका हुन् । जयनगरबाट फर्किरहेको रेलले हर्न दिएपछि उनी अलमलिएर रेलकै लिकमा परेपछि दुबै खुट्टा गुमेको रेल्वे विभागका प्रहरी नायब उपरीक्षक (डीएसपी) प्रवक्ता दयाराम पौडेलले जानकारी दिए । दासको उपचारको लागि तत्कालै जनकपुर प्रादेशिक अस्पताल जनकपुरमा भर्ना गरिएको छ ।

प्रकाशित मिति : १२ श्रावण २०८१, शनिबार  ३ : १५ बजे