‘एउटै नाउरको सिकार गर्न २३ लाख’

कोशी प्रदेशसभा अधिवेशन अन्त्य

कार्यकक्षमै हाफ गन्जी र रक्सीको प्रस्ताव : धरापमा मनाङेको मन्त्री पद

पोखरा। पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालकै शब्द सापटी लिने हो भने गण्डकी प्रदेशमा आफ्नो पदलाई ‘जादुको अंक’ बनाएर प्रदेश सरकारमा छैटौ पटक  मन्त्री बनिरहेका राजीव गुरुङ उर्फ दीपक मनाङ्गेको मन्त्री पद  यत्तिखेर भने धरापमा परेको छ ।  गुरुङले कार्यकक्षमै हाफ गन्जी मात्र लगाएर खिँचाएको एक  तस्बिर र कार्यकक्षमै पुगेकाहरुलाई रुक्सी खान गरेको प्रस्ताव सार्वजनिक भएसँगै मनाङ्गेको पद धरापमा परेको बताइन्छ । ग(डकीका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे नेतृत्वको सरकारमा भौतिक पूर्वाधारमन्त्री रहेका गुरुङले कार्यकक्षमै रक्सी खान गरेको प्रस्ताव र हाफ गन्जी लगाए कार्यकक्षमै बसेको तस्बिर समाजिक संजाल र मिडियामा छरप्रष्ट भएको छ ।  
त्यसोत विवादास्पद व्यवहारले चर्चामा आइराख्ने मनाङेको पृष्ठभूमि नै गुण्डागर्दीको रहेको भन्दै उनको राजनीतिक यात्रालाई समाजिक संजाल प्रयोकर्ताहरुले त्यति राम्रो मान्दैनथे । 
 
कार्यलयका कर्मचारीमाथि हातपात गर्नेदेखि कार्यालयमा नाङ्गोशरीरमै उपस्थित हुने र सेवाग्राहीहरुसँग कार्यालयमै रक्सी खाने प्रस्ताव जस्ता अनेकौं फण्डा झिकिरहने मन्त्रीको यस्तो व्यवहारले सरकारी निर्णय प्रक्रियाको गम्भीरतामा प्रश्न उठाइरहेको छ ।

शुक्रबारमात्र राइड सेयरिङलाई वैध बनाएर नियमन गर्दै खुला गर्न माग गर्न पुगेको समूहसँग भेटेका मनाङेले आफूले सिन्डिकेडको अन्त्य गरेर सबै चलाउने भन्दै रक्सी खाएर जान अफर गरेका थिए । यातायात व्यवसायी महासंघले रातो नम्बर प्लेटले पनि यात्रु ओसार्न पाउने कार्यविधि नल्याउन बिहीबार ४८ घन्टे अल्टिमेटम दिएका थिए । त्यसको भोलिपल्ट राइड सेयरिङ एपमार्फत चलेका राइडर्स ध्यानाकर्षण गराउन मन्त्री मनाङेसँग पुग्दा उहाँले ट्याक्सी व्यवसायीलगायतले आफूलाई ब्याकमेलिङ गर्न खोजेको भन्दै आफू ढुक्कले रक्सी खाएर सुत्ने बताएका थिए ।

यातायात क्षेत्रको संवेदनशील मुद्दालाई हल्का तरिकाले लिने मन्त्री मनाङेको दृष्टिकोणले नीति निर्माणमा उनको योग्यता र गम्भीरतामाथि शंका उत्पन्न गराएको सामाजिक सञ्जालमा बहस भइरहेको छ ।
फोटोमा देखिएको मनाङ्गेको हाउभाउले कार्यकक्षमा कुनै टोली वा व्यक्तिसँग कुराकानी गरिरहेको अनुमान लगाउन सजिलै सकिन्छ । राज्यको सम्मानित ओहोदामा बसेका व्यीक्तले औपचारिक कार्यक्रम र स्थलमा जाँदा लगाउने पोशाकसम्बन्धी निश्चित मापदण्ड  छ । त्यसमा पनि मन्त्रीले सँधै मर्यादित पोशाक लगाउनुपर्नेमा कसैको दुईमत देखिँदैन । उनको विगतलाई हेर्दा मनाङ्गेसँग मर्यादित पोशाक र आचरणको अपेक्षा गर्नु पनि राज्य र जनताको अर्को भूल हुनसक्छ।

मनाङेको निरन्तर विवादास्पद व्यवहार र त्यसको बावजुद उनलाई पटक–पटक मन्त्री बनाइँनुले गण्डकी प्रदेश सरकारको नैतिक मूल्य र प्राथमिकतामाथि प्रश्न उठाएको छ । मन्त्रीको व्यवहारले गण्डकीका मुख्यमन्त्रीलाई समेत असर गरिरहेको वर्तमान अवस्थामा यत्तिखेर एमाले–काग्रेंसको गठबनधन रहेकाले सरकार टिकाउने ‘मनाङ्गे जस्ताको’ ‘जाुदुई नम्बर’ आवश्यकता छैन । त्यसैले विवादास्पद पृष्ठभूमिका मात्र होइन बर्तमान समयमा पनि विवादास्पद हर्कत देखाइरहेका मनाङ्गेको पद कुनै पनि बेला बर्खास्तमा पर्न सक्ने आंकलन गरिएको छ । 

प्रकाशित मिति : १२ श्रावण २०८१, शनिबार  २ : २७ बजे