सुनको मूल्य अहिलेसम्मकै उच्च

विदेशिए गोठाला, हराए गोठ

यस्तो छ आजको मौसम पूर्वानुमान

सुदूरपश्चिमको बजेट बहुमतले पारित

तनहँमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु  

तनहुँ । तनहँमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

तनहुँको भिमाद नगरपालिका–३ शेर्कामा शुक्रबार साँझ ट्याक्टर दुघर्टना हुँदा एक जनाको मृत्यु भएको हो ।  ।

भिमादबाट पुट्टारतर्फ निर्माण सामाग्री ढुवानी गर्न जाँदै गरेको लु४त ७२०७ ट्याक्टर शेर्का घुम्ती नजिक आफै अनियन्त्रित भई सडकबाट करिब २० मिटर तल खस्दा घिरिङ गाउँपालिका–१ निवासी अन्दाजी ४० वर्षका यदुराज घिमिरेको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय भिमादले जनाएको छ । 

सवारी चालक अन्दाजी २६ वर्षका ऋषि अधिकारी घाइते रहेको प्रहरीले जनाएको छ । घाइते चालकलाई उपचारको लागि गण्डकी अस्पताल पोखरा लगिएको इलाका प्रहरी कार्यालय भिमादले जनाएको छ । 

प्रकाशित मिति : २६ असार २०७८, शनिबार  ८ : ५४ बजे