साफ यू–१७ च्याम्पियनसिप आजदेखि

एमाले केन्द्रीय कार्यालय चुस्त बनाइने

काठमाडौँ – नेकपा (एमाले) केन्द्रीय कार्यालय सञ्चालनलाई चुस्त र दुरुस्त बनाइएको भएको छ । केन्द्रीय कार्यालय सचिवमा नवनियुक्त शेरबहादुर तामाङले  सो पार्टीको केन्द्रीय कार्यालय थापाथलीमा आज पदभार ग्रहण गर्दै उक्त प्रतिबद्धता व्यक्त गर्नुभएको हो ।

तामाङलाई पार्टीका महासचिव ईश्वर पोखरेलले स्वागत गर्दै पदबहाली गराउनुभएको थियो । यही वैशाख १० गते सम्पन्न एमालेको दशौँ राष्ट्रिय महाधिवेशन आयोजक समितिको बैठकले तामाङलाई सो जिम्मेवारी दिएको थियो । नेता तामाङले पार्टीका नेता र कार्यकर्ताबीचको अन्तरसम्बन्धलाई थप बलियो बनाइने प्रतिबद्धता पनि व्यक्त गर्नुभएको छ ।
 

प्रकाशित मिति : १२ बैशाख २०७८, आइतबार  १० : ३० बजे