सुनको मूल्य अहिलेसम्मकै उच्च

विदेशिए गोठाला, हराए गोठ

यस्तो छ आजको मौसम पूर्वानुमान

सौर्य एयर दुर्घटना : चारजनाको शव परिवारले बुझे

काठमाडौं । सौर्य एअरलाइन्सको जहाज दुर्घटनामा ज्यान गुमाउनु भएकामध्ये चारजनाको शव परिवारले बुझेका छन्।

त्रिवि शिक्षण अस्पतालमा पोष्टमार्टम सकिएसँगै परिवारले शव बुझेका हुन् । केही परिवारले भने माग पूरा नहुँदासम्म शव नबुझ्ने अडान लिएका छन् ।

बीमा, क्षतिपूर्ति लगायतका विषय सरकार र जहाज कम्पनीले प्रष्ट पारेपछि मात्र शव बुझ्ने उनीहरूको अडान छ।

बुधबार सौर्य एअरलाइन्सको जहाज दुर्घटना हुँदा १८ जनाले ज्यान गुमाउनु भएको थियो ।

प्रकाशित मिति : ११ श्रावण २०८१, शुक्रबार  ९ : ११ बजे