एमालेको जागरणसभामा जे देखियो…

एमालेको जागरणसभामा जे देखियो…

काठमाडौँ उपत्यकाका पालिकाहरुमा आइतबार शोक बिदा

काठमाडौँ । आइतबार उपत्यकाभित्रका सम्पूर्ण स्थानीय तह र स्थानीय तह मातहतका निकायमा सार्वजनिक बिदा दिने निर्णय गरिएको छ ।

गएराती मृत्यु भएका कीर्तिपुर नगरपालिका प्रमुख राजकुमार नकर्मीको शोकमा काठमाडौँ उपत्यका मेयर्स फोरमले काठमाडौँ, ललितपुर र भक्तपुरका स्थानीय तहमा सार्वजनिक बिदा दिने निर्णय गरेको आज जारी विज्ञप्तिमा उल्लेख छ । 

नकर्मी विसं २०२१ असार २० गते जन्मिएका थिए। विकास प्रेमी एवं समाजसेवीका रूपमा परिचित नकर्मी विसं २०७९ को स्थानीय निर्वाचनमा कीर्तिपुर नगरपालिकाको प्रमुख पदमा निर्वाचित भएका थिए । 

फोरमका अध्यक्ष चीरबाबु महर्जनद्वारा जारी विज्ञप्तिमा उनको निधनको खबरले काठमाडौँ उपत्यका मेयर्स फोरम परिवार अत्यन्तै मर्माहत र स्तब्ध भएको उल्लेख छ । 

'उहाँको मृत्युले कीर्तिपुर नगरपालिकालगायत काठमाडौँ उपत्यकाको विकासमा अपूरणीय क्षति पुगेको महसुस भएको। उहाँले यस फोरममा रही पुर्‍याउनुभएको योगदान हाम्रा लागि अविस्मरणीय छन्,' विज्ञप्तिमा भनिएको छ ।

प्रकाशित मिति : ११ श्रावण २०८१, शुक्रबार  ८ : २४ बजे