‘एउटै नाउरको सिकार गर्न २३ लाख’

कोशी प्रदेशसभा अधिवेशन अन्त्य

योजना आयोगका उपाध्यक्षको सपथ

काठमाडौँ।  राष्ट्रिय योजना आयोगका नवनियुक्त उपाध्यक्ष प्रा डा शिवराज अधिकारीले प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष पद तथा गोपनीयताको सपथ लिनुभएको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आयोजित समारोहमा उहाँले सपथ लिनुभएको हो । त्रिभुवन विश्वविद्यालयका प्राध्यापक समेत रहनुभएका डा अधिकारी बिहीबार उपाध्यक्षमा नियुक्त हुनुभएको थियो ।

साथै उपाध्यक्ष अधिकारीसमक्ष आजै आयोगका नवनियुक्त सदस्यहरु डा आरपी विछार, डा रमेशप्रसाद सिंह, डा प्रकाशकुमार श्रेष्ठ, गीताकुमारी पौडेल अधिकारी, डा जयबहादुर टण्डनले पनि पद तथा गोपनीयताको सपथ लिनुभएको छ ।

आजको सपथमा आयोगका नवनियुक्त सदस्य गङ्गादत्त अवस्थी भने अनुपस्थित हुनुहुन्थ्यो । त्यस अवसरमा उपप्रधानमन्त्रीहरु, मन्त्रीहरु, प्रधानमन्त्रीका सल्लाहकार मुख्यसचिवलगायतका व्यक्तित्वको उपस्थिति थियो ।

प्रकाशित मिति : ११ श्रावण २०८१, शुक्रबार  ६ : ५२ बजे