सेयर कर्जामा लागेको २० करोडको सीमा हट्यो

काठमाडौँ । नेपाल राष्ट्र बैंकले सेयर धितो कर्जामा अधिकतम २० करोडको सीमा खारेज गरेको छ । आर्थिक वर्ष २०८१/०८२ को मौद्रिक नीति सार्वजनिक गर्दै गभर्नर महाप्रसाद अधिकारीले सो घोषणा गर्नुभएको हो ।

पूँजी बजारमा लगानी गर्ने उद्देश्यले स्थापना भएका संस्थाहरूले बैंक तथा वित्तीय संस्थाबाट लिने मार्जिन प्रकृतिको ऋणको अधिकतम सीमा खारेज गरिने गरी मौद्रिक नीति आएको हो ।

यसअघि अधिकतम २० करोडसम्म मात्र लिन पाउने गरी सीमा तोकिएसँगै सेयर बजार ओरालो लागेको थियो । 

प्रकाशित मिति : ११ श्रावण २०८१, शुक्रबार  १ : ०२ बजे