‘एउटै नाउरको सिकार गर्न २३ लाख’

कोशी प्रदेशसभा अधिवेशन अन्त्य

कोशी सरकारबाट बाहिरिँदै माओवादी

विराटनगर ।  नेकपा (माओवादी केन्द्र) कोशी प्रदेश सरकारबाट बाहिरिँदै छ। सम्भवतः आजै सरकारबाट बाहिरिने माओवादीको तयारी छ। 

केन्द्रमा सत्ता गठबन्धन परिवर्तन भए पनि माओवादीले भने नेकपा (एमाले)का नेता हिक्मतकुमार कार्की नेतृत्वको प्रदेश सरकार छाडेको थिएन। सरकार नछाडेको भनेर माओवादीको तीव्र आलोचना भइरहेको थियो। नेपाली कांग्रेस र एमालेलगायतका दल सम्मिलित गठबन्धन बनेपछि केन्द्रमा माओवादी प्रतिपक्षमा पुगेको छ। 

तर, कोशीमा भने सरकार छाडेको छैन। केन्द्रीय गठबन्धन अनुसार सरकार निर्माण गर्नुपर्ने दबाब मुख्यमन्त्री कार्कीलाई थियो। कार्की नेतृत्वको सरकारमा माओवादीबाट गणेश उप्रेती भौतिक पूर्वाधार विकास, राजेन्द्र कार्की स्वास्थ्य र नारायणबहादुर मगर पर्यटन, वन तथा वातावरणमन्त्री छन्। बन्दना झागड राज्यमन्त्री छिन्।   माओवादीका मन्त्रीहरु राजीनामा दिनलाई मुख्यमन्त्रीको समय पर्खिएर बसेका छन्। मुख्यमन्त्रीबाट समय पाउनेबित्तिकै राजीनामा दिएर सरकार छाड्ने माओवादीको तयारी छ। 

प्रकाशित मिति : ११ श्रावण २०८१, शुक्रबार  १० : ०६ बजे