धरहराबाट उपत्यका नियाल्ने रहर

अमेरिकी भिसा काण्डमा मुछिएकी उपसभामुखको थप बचाउमा रास्वपाकाे अर्काे फन्डा

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले उपसभामुख इन्दिरा रानामगरले अमेरिकी दुतावासलाई भिसाका लागि अन्तर्वार्ताको मिति सार्न गरेको सिफारिसको पत्रको बारेमा थप बचाउ गरेको छ ।

विहिबार रास्वपाका कार्यवाहक प्रवक्ता मनिष झाले उपसभामुखले लेखेको भनिएको पत्र अमेरिकी दुताबासमा दर्ता नै नभएको दाबी गर्दै सो पत्र कार्यान्वयनमा नै नभएको दाबी गनुृभएको छ । 

झाले पैसाको कारोबार नै नभएको बताउदै भने- ‘यो पत्र १८ महिना अगाडी लेखिएको रहेछ, हामीले आफ्नो स्रोतबाट बुझ्दा अमेरिकी दुताबासमा रजिस्टर पनि नभएको र त्यसैले गर्दा त्यसमा सिफारिस गरिए अनुसार कसैको काम नभएको पाइएको छ ।’

उहाँले संसद सचिवालय र राज्य व्यवस्था समितिमा परेको उजुरीमा के हुन्छ त्यसमा आफुहरु सचेत भएर बसेको बताउनुभयो ।

उपसभामुख रानामगरले आफु बाहेक पाँच जना अमेरिकामा एक कार्यक्रममा जान अन्तर्वार्ताको समय तुरुन्त मिलाई दिने गरेको सिफारिसको पत्र सार्बजनिक भएपछि विवादमा परेकी थिइन् । उनले सो सिफारिस गरे बापत पैसा लिएको अपुष्ट दाबि समेत गरिएको छ । 

प्रकाशित मिति : १० श्रावण २०८१, बिहिबार  ५ : ०७ बजे