साफ यू–१७ च्याम्पियनसिप आजदेखि

कुटपिटबाट मृत्यु

सप्तरी – वैदेशिक रोजगारीमा भने जस्तो काम नपाएका विषयमा भएको विवादले उग्र रुप लिँदा यहाँ आज एक जनाको मृत्यु भएको छ । कुटपिटबाट घाइते खडक नगरपालिका –९ लालपट्टीका ५८ वर्षीय दाउद मियाँको उपचारका क्रममा आज मृत्यु भएको सप्तरी प्रहरीले जनाएको छ ।

    वैदेशिक रोजगारीमा पठाएको व्यक्तिसँग भने जस्तो काम नपाएकाले पैसा फिर्ता मागेपछि दुई पक्षबीच बिहीबार राति विवाद भएको थियो । सोही विषयमा कुटपिट हुँदा दाउराको प्रहारबाट टाउकामा चोट लागेका दाउदको राजविराजमा उपचारका क्रममा मृत्यु भएको हो । राजविराजस्थित छिन्नमस्ता अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । शवको राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा आजै परीक्षण भएको छ । 

    आरोपितको पहिचान गर्ने काम भइरहेको  जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरिक्षक माधवप्रसाद काफ्लेले  बताउनुभयो ।

रासस

प्रकाशित मिति : २५ असार २०७८, शुक्रबार  ११ : १२ बजे