साफ यू–१७ च्याम्पियनसिप आजदेखि

देशभर मनसुनी वायुको प्रभाव कायम

‘नेशनल डे कन्सर्ट’ सम्पन्न

मौरिटानियामा आप्रवासी चढेको जहाज दुर्घटना: २५ जनाको मृत्यु, १९० बेपत्ता

काठमाडौँ । मौरिटानियाको तटमा एउटा जहाज दुर्घटनाग्रस्त भएको छ । मिडिया रिपोर्टका अनुसार हालसम्म २५ आप्रवासीको मृत्यु भएको र कैयौँ बेपत्ता भएका छन् ।

राजधानी नौआकचोट नजिकै भएको घटनामा आप्रवासनका लागि अन्तर्राष्ट्रिय संगठन (आईओएम) ले १९० भन्दा बढी मानिस अझै बेपत्ता रहेको र उनीहरुको उद्धारका लागि उद्धार कार्य जारी रहेको बताएको छ ।

एक कोस्ट गार्ड कमान्डरले मौरिटानियाको तट रक्षकले १०३ आप्रवासीलाई उद्धार गरेको  र २५ शव निकालेको बताएका छन् ।

यसअघि जुलाई २२ मा डुङ्गा पल्टिनुअघि करिब ३०० जनाले काठको डुङ्गामा गाम्बिया छोडेका र सात दिनसम्म समुद्रमा बिताएका आइओएमले जनाएको छ।

कोस्ट गार्ड आउनुअघि १५ जनाको मृत्यु भइसकेको थियो भने १० जनालाई गम्भीर अवस्थामा अस्पतालमा भर्ना गरिएको थियो । यसअघि जुलाई ५ मा पनि यस्तै घटना भएको थियो, जसमा मौरिटानियन तट रक्षकले पल्टिएको डुङ्गाबाट ८९ आप्रवासीको शव निकालिएको थियो ।

आईओएमले धेरै आप्रवासीहरू मोरक्कोको तटमा अवस्थित क्यानरी टापुहरूमा पुग्ने प्रयास गरेको बताएको छ । पश्चिम अफ्रिकादेखि स्पेनसम्मको यो रुट विश्वको सबैभन्दा खतरनाक रुटमध्ये एक हो ।

 

प्रकाशित मिति : १० श्रावण २०८१, बिहिबार  ३ : २८ बजे