साफ यू–१७ च्याम्पियनसिप आजदेखि

देशभर मनसुनी वायुको प्रभाव कायम

‘नेशनल डे कन्सर्ट’ सम्पन्न

अमेरिकाबाट आउने भयो १५ लाख डोज जोन्सन एन्ड जोन्सन खोप 

काठमाडौं । अमेरिकाले नेपाललाई १५ लाख डोज जोन्सन एन्ड जोन्सन खोप उपलब्ध गराउने भएको छ ।
अमेरिकी राष्ट्रपति कार्यालय ह्वाइट हाउसका प्रवक्तालाई उध्दृत गर्दै समाचार एजेन्सी रोयटर्सले जनाएअनुसार सो परिमाणको खोप शनिबार (अमेरिकी समयअनुसार शुक्रबार) नेपाल आइपुग्नेछ । 

नेपालकी राष्ट्रपति विदादेवी भण्डारीले अमेरिकी राष्ट्रपति जो बाइडेनलाई नेपाललाई खोप प्रदान गर्न भन्दै पत्र लेख्नु भएको थियो । 

अमेरिकीे राष्ट्रपति बाइडेनले विपन्न र गरिब मुलुकलाई ८० मिलियन डोज खोप उपलब्ध गराउने  घोषणा गरे अनुसार नेपालले उक्त परिमाणमा खोप प्राप्त गर्न लागेको समाचारमा बताइएको  छ ।

नेपालमा सुरक्षितपूर्वक खोप र्पुयाउन वैज्ञानिक समूह, कानूनी टीम र अधिकारीहरुले मिलेर काम गरिरहेको ह्वाइट हाउसका अधिकारीले बताएको रोयटर्सले जनाएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीका परराष्ट्र मामिला सल्लाहकार राजन भट्टराईका अनुसार खोप आउने निश्चित भएपनि मिति भने यकिन नभएको बताउँनुहुन्छ ।

सरकारले आज(शुक्रबार) चीनबाट ८ लाख डोज भेरोसेल खोप नेपाल ल्याएको थियो ।

 

प्रकाशित मिति : २५ असार २०७८, शुक्रबार  ६ : २८ बजे