साफ यू–१७ च्याम्पियनसिप आजदेखि

संरक्षित वन्यजन्तुको आखेटोपहार सहित दुई जना पक्राउ

काठमाडौं – दुई थान संरक्षित वन्यजन्तुको आखेटोपहार (छाला) सहित २ जनालाई काठमाडौं महानगरपालिका-६ बौद्ध पिपलबोटबाट शुक्रबार प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा काठमाडौं महानगरपालिका-६ गोठाटार बस्ने २८ वर्षीय सबिन तामाङ र रामेछाप लिखु गाउँपालिका-५ नागदह स्थायी वतन भई हाल भक्तपुर पुरानोठिमी बस्ने २६ वर्षीय हित बहादुर मगर रहेका छन् । संरक्षित वन्यजन्तुको आखेटोपहार अवैध रुपमा ओसार-पसार तथा बेचबिखन गर्न लागेको भन्ने सूचनाको आधारमा प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान ब्यूरो महाराजगञ्जबाट खटिएको प्रहरीले उनीहरूलाई संरक्षित वन्यजन्तुको जस्तो देखिने एक थान छाला र संरक्षित वन्यजन्तु सालकको छाला सहितको एक थान खपेटा भएको आखेटोपहार सहित फेला पारी पक्राउ गरेको हो । 

उनीहरूलाई आवश्यक कानूनी कारवाहीको लागि डिभिजन वन कार्यालय, हात्तीसार काठमाडौंमा पेश गरिने उक्त ब्यूरोले जनाएको छ ।

प्रकाशित मिति : २५ असार २०७८, शुक्रबार  ५ : ५६ बजे