‘एउटै नाउरको सिकार गर्न २३ लाख’

कोशी प्रदेशसभा अधिवेशन अन्त्य

जहाज दुर्घटनाको छानबिन गर्न ५ सदस्यीय आयाेग गठन, यस्ताछन् सरकारका निर्णयहरु

काठमाडौं । सरकारले आज भएको सौर्य एयरलाइन्सको जहाज दुर्घटनाबारे छानबिन गर्न पाँचसदसीय आयोग गठन गरेको छ । आज बसेको मन्त्रीपरिषद बैठकले छानबिन समिति गठन गरेको हो ।

नेपाल नागरिक उड्यन प्राधिकरणका पूर्व संयोजक रतिशचन्द्रलाल सुमनको संयोजकत्वमा गठित समितिमा ५ सदस्य रहेका छन् । सदस्यहरुमा नेपाल वायु सेवा निगमका क्याप्टेन दिपु ज्वार्सन, श्री एयर लाइन्सका कर्मचारी संजय अधिकारी, पुल्चोक क्याम्पसका प्राध्यापक डा.सुदिप भट्टराई र सदस्य सचिवमा नेपाल नागरिक उड्यन प्राधिकरणका एयर ट्राफिक कन्ट्रोलर मुकेश डंगोल रहनुभएको छ । 
 मन्त्रिपरिषद वैठकले जहाज दुर्घटनाको शोकमा राष्ट्रिय झण्डा आधा झुकाउने निर्णय पनि गरेको छ ।

समितिले दुर्घटनाको कारण पहिचान गरी आगामी दिनमा यस्तो दुर्घटना हुन नदिन सुझावसहितको प्रतिवेदन ४५ दिनभित्र  पेश गर्न म्याद दिने निर्णय गरेको  सरकारका प्रवक्ता तथा सञ्चारमन्त्री पृथ्वी सुब्बा गुरुङले बताउनुभयो । 

सरकारले दुर्घटनाका मृतकहरुप्रति श्रद्धाञ्जली व्यक्त गर्दै घाइते क्याप्टेन मनिष शाक्यको शीघ्र स्वास्थ्य लाभको कामना गरेको छ ।

प्रकाशित मिति : ९ श्रावण २०८१, बुधबार  ६ : ३४ बजे