‘एउटै नाउरको सिकार गर्न २३ लाख’

कोशी प्रदेशसभा अधिवेशन अन्त्य

विमान दुर्घटना हृदयविदारक र अकल्पनीय- प्रधानमन्त्री ओली

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले सौर्य एयरको विमान दुर्घटनास्थल अवलोकनपछि त्रिभुवन अन्तर्राष्ट्रिय  विमानस्थलमास्थित  नागरिक उड्डयन प्राधिकरणको उद्धार समन्वय केन्द्रमा ब्रिफिङ लिनुभएकाे छ ।

प्रधानमन्त्री ओलीले घटना ज्यादै दु:खद, हृदयविदारक र अकल्पनीय भएको बताउनुभयाे । उहाँले निधन भएकाहरूमा हार्दिक श्रद्धाञ्जली र परिवारमा समवेदना व्यक्त गर्दै घाइते क्याप्टेनको स्वास्थ्य लाभको कामना गर्नुभएकाे छ ।

प्रधानमन्त्री ओलीले यसबारे गर्नुपर्ने थप कामबारे सरकारले  आवश्यक निर्णय लिने बताउँदै आगामी दिनमा यस्ता घटना नहोस् भन्नेतर्फ सजग हुन सम्बन्धित निकाय र पक्षलाई निर्देशन दिनुभयाे । 

घटना  कसरी भयो ? मानवीय वा प्राविधिक कमजोरी भयो ? भन्ने बुझ्न आग्रह गर्नुभयाे । ब्रिफिङमा गृहमन्त्री, पर्यटनमन्त्री, निमित्त मुख्यसचिसहित सहभागी हुनुहुन्थ्याे ।
 

प्रकाशित मिति : ९ श्रावण २०८१, बुधबार  ४ : ०० बजे