काठमाडौं । दोलखाको प्रसिद्ध धार्मिक स्थल दोलखा भीमेश्वरको सिलामा पुनः पसिना आएको छ । भीमसेनको मूर्तिमा बुधबार दिउँसाे १२:४५ बाट शिलामा पसिना आएकाे भीमेश्वर गुठि व्यवस्थापन समितिले जनाएकाे छ ।
शनिबारमात्र भीमेश्वरकाे शिलामा दुईपटक पसिना आएकाे थियाे । दिउँसो १ः४७ बजेदेखि २ घण्टाभन्दा बढी सिलाको बायाँ भागबाट पसिना आएको थियाे ।
सिलामा पसिना आउँदा अनिष्टको सूचकका रूपमा लिने जनविश्वास छ ।
प्रकाशित मिति : ९ श्रावण २०८१, बुधबार ३ : १३ बजे
प्रतिक्रिया