दुर्गा प्रसाईं पक्राउ

सुनको मूल्य अहिलेसम्मकै उच्च

विदेशिए गोठाला, हराए गोठ

यस्तो छ आजको मौसम पूर्वानुमान

विमान दुर्घटनाको घटनाप्रति प्रधानमन्त्रीद्वारा दुःख व्यक्त 

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आज त्रिभुवन विमानस्थलमा भएको सौर्य एयरलाइन्सको जहाज दुर्घटनाको घटनाप्रति दुःख व्यक्त गर्नुभएको छ । 

दुर्घटनाको अवस्था बारे बुझ्न विमानस्थल पुग्नुभएको प्रधानमन्त्री ओलीले जहाज दुर्घटनामा १८ जना प्राविधिक र क्र्यु मेम्बरको निधन भएको प्रति दुःख व्यक्त गर्नुहुँदै दुःखद घडीमा सबैलाई धैर्य रहन अनुरोध गर्नुभयाे । 

उहाँले नागरिक उड्डयन प्राधिकरणका अधिकारीलाई भेटेर विमान दुर्घटनाको कारण बुझ्न आफू घटनास्थल आइपुगेको बताउनुभयो ।  

यसअघि गृहमन्त्री रमेश लेखक, संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रि पाण्डे, राज्यव्यवस्था समितिका सभापति रामहरि खतिवडासहितको टोलीले विमानस्थल पुगी घटनाका बारेमा जानकारी लिई आवश्यक निर्देशन दिनुभएको थियो । काठमाडौँबाट पोखरा उड्ने क्रममा सौर्य एयरको जहाज आज बिहान दुर्घटनमा परेको थियो । सौर्य एयरका कर्मचारी तथा प्राविधिक बोकेको सो दुर्घटनग्रस्त विमानमा सवार १८ जनाका निधन भएको र पाइलटको उपचार भइरहेको नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ ।

प्रकाशित मिति : ९ श्रावण २०८१, बुधबार  १ : ५० बजे