सुनको मूल्य अहिलेसम्मकै उच्च

विदेशिए गोठाला, हराए गोठ

यस्तो छ आजको मौसम पूर्वानुमान

सुदूरपश्चिमको बजेट बहुमतले पारित

अस्पताललाई डायलासिस मेसिन

वाग्मती – वाग्मती प्रदेशको राजधानी हेटौँडास्थित हेटौँडा अस्पताललाई तीन वटा डायलासिस मेसिन  उपलब्ध गराइएको छ ।  हेटौँडा उपमहानगरपालिका  र  रोटरी क्लब अफ मकवानपुरको सहकार्यमा अस्पताललाई तीन वटा डायलासिस मेसिन उपलब्ध गराइएको हो  ।

ती तीन वटा मेसिन खरीद गर्न उपमहानगरपालिकाले रु १६ लाख ५० हजार सहयोग गरेको र बाँकी रकम रोटरीले उपलब्ध गराएको उपमहानगरपालिकाका प्रमुख हरिबहादुर महतले जानकारी दिनुभयो । हेटौँडा अस्पतालमा पछिल्लो पटक सेवा विस्तारसँगै मिर्गाैलाको समस्यासम्बन्धी बिरामीलाई डायलासिस गराउन अन्य जिल्लामा जानुपर्ने बाध्यता हटेको छ । 

उपमहानगरपालिकाको सहयोगमा यस अस्पतालमा मिर्गाैलाको समस्यासम्बन्धी बिरामीको डायलासिस हुँदै आएको छ । वाग्मती प्रदेश सरकार मातहत रहेको यस अस्पताल मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानद्वारा सञ्चालन हँुदै आएको छ । अस्पतालले पछिल्लोपटक सेवा विस्तार गरी जटिल प्रकृतिका विभिन्न शल्यक्रियासमेत शुरु गरेको छ  । 

अग्नि सुुरक्षा सामग्री उपलब्ध

उपमहानगरपालिकाअन्तर्गत बारुणयन्त्रमा कार्यरत कर्मचारीलाई अग्नि सुरक्षा सामग्री उपलब्ध गराइएको छ । रु साढे तीन लाख मूल्य पर्ने अग्नि सुरक्षाका सामग्री बारुणयन्त्रका कर्मचारीलाई उपलब्ध गराइएको हो ।

ती सामग्री लगाएर आगो लागेको स्थानमै गएर आगलागीमा परेकालाई उद्धार गर्न सहज हुनेछ । हाल उपमहानगरपालिकासँग दुई बारुणयन्त्र रहेका छन् । 

सार्वजनिक यातायात सञ्चालन हुने

कोरोना महामारीका कारण करीब दुई महिनादेखि बन्द रहेका सार्वजनिक यातायात यही असार २७ गतेदेखि सञ्चालन हुने भएका छन् । जिल्लास्तरीय कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्रको सिफारिसमा जिल्ला प्रशासन कार्यालयका अनुसार  आइतबारदेखि जिल्लाभित्र सार्वजनिक सवारीसाधन सञ्चालन गर्न पाउने भएका हुन् । 

सवारी सञ्चालन गर्दा विभिन्न नौ बुँदे निर्देशन पालना गर्नु पर्नेछ । प्रशासनले निषेधाज्ञाको समयावधि यही असार ३१ गतेसम्म लम्ब्याएको छ ।

रासस

प्रकाशित मिति : २५ असार २०७८, शुक्रबार  ५ : ३२ बजे