दुर्गा प्रसाईं पक्राउ

सुनको मूल्य अहिलेसम्मकै उच्च

विदेशिए गोठाला, हराए गोठ

मदन पुरस्कारका लागि छनोटमा परेका पुस्तकका लेखकलाई प्रधानमन्त्रीको बधाई

काठमाडौँ ।  ​​​​​​​प्रधानमन्त्री केपी शर्मा ओलीले ‘मदन पुरस्कार २०८०’ का लागि छनोटमा परेका पुस्तकका लेखकलाई बधाई दिनुभएको छ । 

सामाजिक सञ्जालमा आज उहाँले मदन पुरस्कारका लागि श्रेष्ठ सूचीमा परेका सबै पुस्तकका लेखकलाई बधाई दिँदै पुस्तक पढ्ने बानी बसाल्न आग्रह गर्नुभएको छ । प्रधानमन्त्री ओलीले पुरस्कारका लागि छनोटमा परेकामध्ये मुकाम रणमैदान पुस्कक आफूले पढेको र अरु पुस्तक पढ्न बाँकी रहेको बताउनुभयो । 

“युवा कालदेखि अहिलेसम्म मेरा धेरै बानीमा परिवर्तन आएका छन् । तर पुस्तक पढ्ने बानी भने अहिले पनि यथावत छ । थोरै समय पाउँदा पनि पुस्तक पढ्छु”, उहाँले सामाजिक सञ्जालमा लेख्नुभएको छ । 

मदन पुरस्कार गुठीले आज ‘मदन पुरस्कार २०८०’ का लागि भक्त स्याङ्तानको ‘डम्फुको आत्मालाप’, मोहन मैनालीको ‘मुकाम रणमैदान’, जीवन क्षेत्रीको ‘नुन–तेल’, भावेश भुमरी र प्रणिता चामलिङको ‘भावलिपी’ र रोशन थापा नीरवको ‘सन्त्रासका साठी दिन’ लाई उत्कृष्ट कृतिमा छनोट गरेको छ । छनोट भएका पाँचमध्ये सबैभन्दा बढी उत्कृष्ट कृतिले २०८० सालको मदन पुरस्कार प्राप्त गर्नेछ । 

प्रकाशित मिति : ८ श्रावण २०८१, मंगलबार  ९ : ५८ बजे