‘नेशनल डे कन्सर्ट’ सम्पन्न

पूर्वमुख्यमन्त्री कार्कीद्वारा सचिवलाई शौचालयमा थुनेर कुटपिट गर्ने धम्की

विराटनगर। कोशी प्रदेशका पूर्वमुख्यमन्त्री केदार कार्कीले प्रदेश सरकारका एकजना सचिवलाई कुटपिट गर्ने धम्की दिएको खुलासा भएको छ ।

प्रदेश सरकार अन्तर्गत सामाजिक विकास मन्त्रालयका सचिव लक्ष्मीप्रसाद भट्टराईले पूर्वमुख्यमन्त्री कार्कीले आफूलाई शौचालयमा थुन्ने र कुटपिट गर्ने धम्की दिएको भन्दै सुरक्षा माग गर्नु भएको हो ।

भट्टराईले कार्कीलाई कारबाही र आफ्नो सुरक्षाको माग गर्दै जिल्ला प्रशासन कार्यालय मोरङमा उजुरी दिनु भएको छ । पूर्वमुख्यमन्त्री कार्कीले सोमबार साँझ ४ बजेर ५३ मिनेटमा आफूलाई फोन गरेर कुटपिट गर्ने र शौचालयमा थुन्ने धम्की दिनु भएको हो ।

विराट गोल्डकपका लागि मुख्यमन्त्री हुँदा घोषणा गरेको २५ लाख रकम सचिवले रोकेको भन्दै कार्कीले आफूलाई धम्की दिएको उहाँको भनाइ छ ।

प्रकाशित मिति : ८ श्रावण २०८१, मंगलबार  ७ : ०६ बजे