‘एउटै नाउरको सिकार गर्न २३ लाख’

आइतबारदेखि आन्तरिक उडानमा लगाएको कोटा प्रणाली हट्ने

काठमाडौं । सरकारले निषेधाज्ञाकाबीच आन्तरिक उडानमा लगाएको कोटा प्रणाली आगामी आइतबारबाटहटाउने भएको छ ।

 नेपाल नागरिक उड्डयन प्राधिकरणका अनु्सार बाढी पहिरोका कारण सडक यातायात प्रभावित भएपछि कोटा प्रणाली हटाइएको हो ।
अब आइतबारदेखि आन्तरिक हवाइ सेवा प्रदायकहरुले आश्यकता अनुसार उडान गर्न सक्ने छन् ।

वायुसेवा कम्पनीले देशभर बाढी र पहिरोका कारण सडक यातायात अवरुद्ध भएको र यात्रुको चाप परेको भन्दै उडान संख्या थप्न गरिएको माग सम्बोधन गर्दै कोटा प्रणाली हटाइएको जनाएको छ ।

सरकारले यसअघि ५० प्रतिशतको सीमा तोकेको थियो । कोरोनाको दोस्रो लहरसँगै सरकारले गरेको निषेधाज्ञापछि बन्द भएको आन्तरिक उडान गत असार १७ गतेदेखि खुलेको थियो ।

आन्तरिक उडान खुलेसंगै शुरूआतमा दैनिक ६४ वटा उडान मात्रै गर्न अनुमति दिइएको थियो । निषेधाज्ञा अघि गत वैशाखमा दैनिक १ सय ३० आन्तरिक उडान हुँदै आएको थियो ।

प्रकाशित मिति : २५ असार २०७८, शुक्रबार  ५ : १२ बजे