‘एउटै नाउरको सिकार गर्न २३ लाख’

११ हजार ७ सय विद्युतीय कार भित्रियो

काठमाडौं । गत आर्थिक वर्ष  २०८०–८१ मा ११ हजार ७ सय विद्युतीय कार आयात भएका छन् । उक्त वर्ष २९ अर्ब ४८ करोड रुपैयाँबराबरका त्यस्ता विद्युतीय कार आयात भएका हुन् । यो भन्दा अघि आर्थिक वर्ष २०७९÷८० मा ११ अर्ब ८४ करोड रुपैयाँमा ४ हजार ५० वटा गाडी आयात भएको थियो ।  
आव २०८०–८१ मा ११ हजार ७ सय  विद्युतीय कार आयात हुँदा सरकारल १३ अर्ब २८ करोड रुपैयाँ राजस्व संकलन गरेको थियो ।  भन्सार विभागले  सार्वजनिक गरेको तथ्यांकअनुसार आर्थिक वर्ष २०८०–८१ मा ११ हजार ७ सय १ वटा विद्युतीय कार आयात भएका छन् ।
विभागका अनुसार आर्थिक वर्ष २०८०–८१मा ५० किलोवाटसम्म क्षमता भएका ४ हजार ५ सय कार र ५० देखि १०० किलोवाट मोटर क्षमताका ६ हजार ८ सय ८५ वटा विद्युतीय कार आयात भएका छन् ।  
त्यस्तै १०१ देखि २०० किलोवाट क्षमतासम्मका २ सय १७ वटा आएका छन् । २०१ देखि ३०० किलोवाट मोटर क्षमता भएका २७ वटा र ३०० किलोवाटमाथिको एउटा विद्युतीय कार आयात भएको हो । आव २०७९–८० मा ४ हजार ५० वटा विद्युतीय कार आयात भएको थियो । आव २०७९–८० को तुलनामा २०८०–८१ मा विद्युतीय कार आयात १८८.९१ प्रतिशतले बढेको तथ्यांक छ । 

अघिल्लो वर्ष ११ अर्ब ८४ करोड रुपैयाँबराबरको ४ हजार ५० वटा विद्युतीय कार आयात भएको विभागले जनाएको छ । ती विद्युतीय कार आयात हुँदा सरकारले ३ अर्ब ३० करोड ४४ लाख ८७ हजार रुपैयाँ राजस्व संकलन गरेको थियो । ती वर्षमा ५० किलोवाट क्षमताका कार धेरै आएका थिए । ५० किलोवाटसम्मका ३ हजार ७ सय ५९ वटा विद्युतीय कार आयात भएका थिए । 
पछिल्लो समय आम जनमानसको चासो विद्युतीय कारमा बढेसँगै आयत पनि बढेको तथ्यांकले देखाएको छ । पछिल्लो समय चीनबाट सबैभन्दा बढी विद्युतीय कारहरु आयत हुँदै आएको छ । नेपाली बजारमा चीन, भारत, दक्षिण कोरिया, इन्डोनेसिया, जर्मनीलगायतका देशबाट विद्युतीय कार आयात भइरहेका छन् । 

प्रकाशित मिति : ८ श्रावण २०८१, मंगलबार  ४ : ३४ बजे