‘एउटै नाउरको सिकार गर्न २३ लाख’

चिनियाँ ब्राण्डको नेपाली धार्मिक नामको ‘वैष्णव’ गाडी आईपुग्यो 

काठमाडौँ । स्काईवेलको ‘ईटी फाइभ’ कार नेपालमा विक्री गरिरहेको छ । यो ब्राण्ड नेपालमा भने जी मोटर्स प्रालिले भित्र्याइरहेको हो । 
८५,९७० युनिट (८५.९७ किलोवाट आवर) क्षमताको ब्याट्री प्रयोग गरेर १५० किलोवाटको मोटर चलाउने भएकाले यो गाडीले लामो ‘रेञ्ज’ प्रदान गर्ने गेलाल बताउँछन् । एक पटक फुल चार्ज गरेपछि ६२० किलोमिटरसम्म चल्ने यो गाडी हालसम्म नेपालमा आयात भएकामध्ये सबैभन्दा धेरै रेञ्ज भएको र ‘नेपालको खराब बाटोमा लामो यात्रा गर्न स्काईवेल सर्वोत्कृष्ट विकल्प भएको प्रवन्ध निर्देशक कैलाशबाबु गेलालको दावी छ । 
जम्मा १.६ सेकेन्डमा शून्यबाट १०० किलोमिटरको गति समात्न सक्ने यो गाडी सुरक्षाको हिसाबले पनि अब्बल रहेको गेलाल बताउँछन् । ‘फाइभस्टार’ सेफ्टी रेटिङ पाएको यो गाडी नेपाली उपभोक्ताका लागि वास्तवमै विद्युतीय एसयुभी कस्तो हुन्छ भनेर थाहा पाउन गज्जबको विकल्प हुने उनको बुुझाई छ ।
गाडीको लुक्स र इन्टेरियर पनि प्रिमियम लक्जरी छ । लेग–स्पेस, टु–वे फोल्डिङ सीट, पानारोमिक लुकहरु उपलब्ध छन् । ठूलो स्क्रिन र कयौँ फिचर्सले ग्राहकलाई सुविधा दिने उनको भनाइ छ ।
अटो पार्किङको विशेषताले चालकलाई सजिलो बनाएको छ । ड्राइभर बिना नै गाडी आफैँ पार्क भइदिन्छ । रियर टेलगेट (डिक्कीको ढोका) खोल्न र बन्द गर्न हात लगाइराख्नै पर्दैन, फुट सेन्सर काम गर्छ । यसकासाथै भेहिकल टु लोड (भीटुएल) फिचर भएका कारण मल्टिप्लकको रुपमा पनि उपयोग गर्न सकिन्छ । यसले गाडीबाट बाहिर लगेर पनि विजुली प्रयोग गर्ने सुविधा दिन्छ । क्याम्प फायर जाँदा वा अन्यत्र टेन्टमा बिजुली सप्लाई गर्न सकिन्छ । यसबाट बत्तिबाल्न, इन्डक्सन चुलोदेखि टी–पटहरु चलाउन सकिन्छ ।
यही भीटुएल फिचरले अरु गाडीमा पावर दिनु पर्यो भने पनि आफूसँग भएको चार्जमध्ये ८–१० प्रतिशत अरु गाडीलाई पनि दिन सकिन्छ । यो प्रिमियम भेहिकलको नमुना हो । र उपत्यका बाहिरको बाटोमा हिँड्दा ‘लङ ड्राइभ’ हिँड्न सजिलो पर्छ । ठाउँठाउँमा रोकेर चार्ज गर्नु पर्दैन । यसले यात्रा गर्दा गर्वसाथ हिँड्न पाइने दाबी गेलालको छ ।
प्रिमियम सेग्मेन्टमा आउने १०० देखि २०० किलोवाटका गाडीमध्ये यो सबैभन्दा सस्तोमध्येको एक हो । अहिले कम्पनीले १ करोड ९ लाखमै यो गाडी बेचिरहेको छ । यो मूल्य हालैको बजेटभन्दा अगाडी तय भएको हो । त्यसकारण यो मूल्यमा अब कम्पनीसँग स्टकमा रहेको ६–७ वटा गाडीमात्रै बेच्न सक्ने गेलाल बताउँछन् ।
नयाँ बजेटले कर बढाएसँगै गाडीको मूल्य पनि बढ्ने भएको छ । हालसम्म नयाँ मूल्य सार्वजनिक त भएको छैन, तर सम्भवतः १ करोड १५ लाख हाराहारी तय हुनसक्ने गेलालले बताए ।
चीनमा स्काईवेलले गाडीमात्रै होइन, ब्याट्री पनि कम्पनीले नै बनाउने र स्पेयर पार्टस् पनि कम्पनीले नै बनाउने भएकाले आफूहरुले नै आयात गर्ने गरेको गेलालले बताए ।
‘आउँदै गरेको र आइसकेको गाडीका लागि कुनै पनि समयमा सर्भिस दिनका लागि हामी तयार हालतमा छौँ’ उनले भने, ‘चीनमा उत्कृष्ठ ६–७ नम्बरमा पर्ने ब्राण्ड हो । ६५ भन्दा बढी देशकमा यो ब्राण्ड पुगिसकेको छ र कम्पनीले ब्याट्रीमा ८ वर्ष वा २ लाख किलोमिटर वारेन्टी दिएको छ । 
स्मरण रहोस् सन् २०२० को अक्टोबरमा नयाँ ब्रण्डिङ सुरु हुनुअघि यो गाडी ‘स्काईवोर्थ ईभी सिक्स’को ब्राण्डमा आएको थियो । यसैको परिस्कृत संस्करणलाई कम्पनीले नेपालमा गत वैशाखदेखि विक्री वितरण सुरु गरेको थियो ।

प्रकाशित मिति : ८ श्रावण २०८१, मंगलबार  ३ : ४६ बजे