‘एउटै नाउरको सिकार गर्न २३ लाख’

आज यस्तो छ तरकारी तथा फलफूलको मूल्य

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले मंगलबार लागि तरकारी तथा फलफूलको मूल्य सार्वजनिक गरेको छ ।

जसअनुसार न्यूनतम मूल्य प्रतिकेजी मालदह आँप १०० रुपैयाँ तथा दसहरी आँप १०० रुपैयाँ प्रतिकेजीमा खरिदबिक्री भइरहेको छ । अनारको ३५०, केरा १४० रुपैयाँ दर्जन, हरियो तरबुजा ६०, लोकल काँक्रो ८०, भारतीय मेवा ९० किवी ५००, आभोकाडो ५५, चुकुन्दर ६० रुपैयाँमा खरिदबिक्री भइरहेको छ ।

समितिका अनुसार लोकल सानो गोलभेँडा २० र नेपाली ठूले गोलभेँडा ६५, अदुवा २२०, रातो आलु ६८ रूपैयामा कारोबार हुँदा स्थानीय काउली ९०, लौका ४०, कागती २४०, सुकेको खुर्सानी ४६०, हरियो खुर्सानी १०० रुपैयाँ प्रतिकेजी कायम भएको छ ।

लोकल गाजरको न्यूनतम मूल्य प्रतिकेजी ८५ रुपैयाँमा कारोबार हुँदा लोकल बन्दा ४०, हाइब्रिड गान्टे मूला ७० रुपैयाँमा कारोबार हुँदा लोकल घिउ सिमी १०० र राजमा घिउ सिमी १३० रुपैयाँ, पाकेको फर्सी ६५ र हरियो डल्लो फर्सी ८० रूपैयामा खरिदबिक्री हुदैछ भने तोरीको साग ७० र रायोको साग १५० रुपैयाँमा खरिदबिक्री हुँदा उता जिरीको साग ३०० रुपैयाँमा कारोबार हुनेछ ।

गुन्द्रुक २५०, भारतीय सुकेको प्याज ८५, हरियो प्याज १८० र पुदिना ५४० रुपैयाँ केजी कायम गरेको कालीमाटी बजारले ब्रोकाउली ११०, चाइनिज सुकेको लसुन २४०, हरियो लसुन १६० रुपैयाँमा कारोबारको अनुमति दिएको छ भने लाम्चो भान्टा ७० र हरियो धनियाँ ४५० रुपैयाँ पाइने समितिले जनाएको छ ।

उता, ताजा छडी माछा २४० रुपैयाँमा कारोबार हुँदा बचुवा माछा २४० र रहु माछा ३४० रुपैयाँमा किनबेच भइरहेको छ ।

प्रकाशित मिति : ८ श्रावण २०८१, मंगलबार  ११ : ३७ बजे