विदेशिए गोठाला, हराए गोठ

यस्तो छ आजको मौसम पूर्वानुमान

बागमतीमा कांग्रेस–एमालबीच मन्त्रालय भागबण्डा टुंगो

काठमाडौं। बागमती प्रदेशमा नेपाली कांग्रेस र नेकपा एमालेबीच मन्त्रालय भागबण्डा टुंगो लागेसँगै नयाँ सरकार गठनको प्रक्रिया अघि बढेको छ। 
कांग्रेसले मुख्यमन्त्रीसहित ७ र एमालेले ६ वटा मन्त्रालय लिने गरी सहमति भएको छ।
मन्त्रालय भागबण्डा नमिल्दा मुख्यमन्त्रीमा कांग्रेसका बहादुर सिंह लामाको सोमबार दाबी पेश गर्ने पूर्वनिर्धारित कार्यक्रम रोकिएको थियो। 
तर अब सहमति जुटेसँगै अहिले केहीबेरमै  कांग्रेस संसदीय दलका नेता लामाले मुख्यमन्त्रीमा दाबी पेश गर्ने कार्यक्रम तय भएको छ।
यसअघि अघिल्ला मुख्यमन्त्री शालिकराम जम्कट्टेलले आइतबार पदबाट राजीनामा दिएपछि प्रदेश प्रमुख यादवचन्द्र शर्माले मंगलबारसम्मको समय दिएर बहुमतको सरकार गठनका लागि आह्वान गर्नुभएको थियो । 
सोही आह्वान अनुसार लामाले एमालेसहितका दलको समर्थनमा मुख्यमन्त्रीमा दाबी पेश गर्ने र प्रदेश प्रमुख शर्माले आजै साँझ लामालाई मुख्यमन्त्रीमा नियुक्त गर्ने तयारी रहेको बताइएको छ।
 

प्रकाशित मिति : ८ श्रावण २०८१, मंगलबार  १० : २६ बजे