देशभर मनसुनी वायुको प्रभाव कायम

‘नेशनल डे कन्सर्ट’ सम्पन्न

२०३०काे महिला टी–२० विश्वकपमा १६ देश सहभागी हुने

काठमाडौँ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) ले महिला टी-२० विश्वकपमा १६ देशलाई समावेश गर्ने निर्णय गरेको छ । आइसिसीको बोर्ड बैठकले २०३० मा हुने टी- २० विश्वकपमा १६ देशले भाग लिन पाउने निर्णय गरेको हो ।

अहिले महिला टी- २० विश्वकपमा १२ देशले भाग लिँदै आएका छन् । यस अघि २००९ मा पहिलो महिला टी- २० विश्वकपमा ८ देशले भाग लिएका थिए भने २०१६ मा बढाएर १० देशले भाग लिएका थिए । त्यस्तै २०२६ मा इङल्याण्डमा हुने महिला टी- २० विश्वकपमा १२ देशले भाग लिने छन् ।

त्यस्तै आइसिसीले २०२६ को टी- २० विश्वकप छनौटको कट- अफ डेट २०२४ को अक्टोबर ३१ लाई तोकेको छ ।

प्रकाशित मिति : ७ श्रावण २०८१, सोमबार  ८ : ३४ बजे