एमालेको जागरणसभामा जे देखियो…

एमालेको जागरणसभामा जे देखियो…

कमरेड पुष्पलाल र शुुष्कलालहरू      

नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलालको बहुआयामिक तथा दुरदर्शी व्यक्तित्व, विशेषता र कृतित्वलाई बोध गर्नेहरु साँच्चै पुष्पलाल हुन् भने उहाँको वैचारिक सिर्जनात्मक व्यक्तित्वलाई सिर्जनात्मक रुपमा नबुझेर कुहिराको काग हुनेहरु शुष्कलाल हुन् । यही कारण पुष्पलालको सयुक्त जनआन्दोलन लामो समय ओझेल  पारियो । यति मात्र होइन  बाम  उग्रवादको उग्रचरित्र र चिन्तकहरुले पुष्पलाललाई गद्दार पनि भने । संसारबाट पलायन हुँदै गरेको  कम्युनिस्ट आन्दोलनको लालझण्डालाई नेपालमा फहराउने जननेता मदन भण्डारी र जबजलाई हरियो घाँसमा लुकेको सर्प भन्नेहरु शुष्कलाल हुन् । नेकपा र ओली नेतृत्वको जनप्रिय  सरकारलाई बाह्य शक्तिको आदेश र इसारामा  अनेक दाउपेच गरेर गिराउनेहरु  चाहिँ गद्दार शुष्कलाल हुन् । अहिले तिनै दोधारे र दुई जिब्रेहरु  दोबाटो, चोबाटो र चोरबाटामा खुद्रे  पसल थापेर   सिदासादा जनतालाई वैचारिक  ठगीधन्दामा लिप्त रहेका छन्  ।  

ओली नेतृत्वमा एमालेले  अहिले नयाँ सरकारको नेतृत्व गरिरहेको छ । मौका पाउँदा देश र जनताका हितमा केही न केही जनहितका  काम गरिछाड्ने पवित्र मनसाय राखेर एमाले क्रियाशील रहेको छ । एमाले र अध्यक्ष ओलीको यही पवित्र उदेष्य हो । नेकाका कतिपय नेतालाई दसीप्रमाण सहित  विभिन्न सङ्गीन आरोप लागेको छ । तर पनि देश अत्यन्त अस्थिर र  कहालीलाग्दो अवस्थामा हुँदा पनि प्रचण्ड उथलपुथल गर्न ज्यान फालेर लागेको देखियो । देशमा चरम निराशा फैलाएर उथलपुथल गर्नु भनेको नेपाललाई कहिल्यै नउठ्ने गरी रसातलमा जाक्ने पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको  कुनियत हो ।खुसी,खोकी,प्रेम र राजनीतिक लगायत अपराध धेरै दिन र वर्ष पनि लुकाउन सकिन्न । त्यसलाई भोलि पनि दण्डित गर्न सकिन्छ । यसो भएकाले   देशलाई बचाउने कामलाई  सर्वोपरि प्राथमिकतामा एमालेले राखेको हो ।  यति सपाट र सुस्पष्ट यथार्थ नबुझेर चरम भ्रममा पर्ने मानिस देख्दा भारी अचम्म हुन्छ ।  

गायत्री मन्त्रझैँ हरेक  प्रतिकुलतालाई अनुकूलतामा बदल्नु पर्छ र ठोस परिस्थितिको ठोस विश्लेषण गनुर््पर्छ भन्नेहरुकै मतिभ्रम भएको  देख्दा लाज लजाउँछ ।   ढुङ्गाको काप फोरेर  पनि पीपल उम्रिन्छ भन्ने कुरा जीवनका हरक्षेत्रमा मात्र होइन राजनीतिमा पनि लागू हुन्छ, हुनुपर्छ र गर्नुपर्छ । अवसर पायो कि जनहितका काम गरेर जनताको मन जित्नुपर्छं । दक्षिण छिमेकमा भाकपाका  नेता ज्योति बसुलाई तीन महिनाकै लागि भए पनि भारतको प्रधानमन्त्री हुने सुनौलो अवसर मिलेको थियो । त्यस अवसरलाई सदुपयोग गरेर देशभरिका आम श्रमजीवी जनतालाई  सन्देश दिने जनहितको योजना ःल्याएर त्यसलाई लागु गरेको भए त्यहाँ कम्युनिस्टहरुको अहिले जस्तो अत्यन्त दयनीय दृश्य देख्नुपर्ने थिएन ।  त्यसैले मदनले ँ  माक्र्सवाद र जबज केवल भजन र कीर्तन गर्ने विषय होइन भन्नु भएको हो । तर  पुष्पलालको भजन गाउनेहरुलाई  पुष्पलालको इतिहास चेत र प्रगतिशील चिन्तन नै थाहा छैन । उहाँले भानुभक्त आचार्य र पृथ्वीनाराण शाहको अगुवाइमा  सम्पन्न नेपाल एकीकरणका  विषयमा सुस्पष्ट प्रगतिशील धारणा अघि सार्नुं भएको  थियो । 

तर यत्ति पनि थाहा नपाउने प्रगतिशील समालोचक, लेखक र स्रष्टा यही काठमाडौँको मुटुमा देख्दा  सुन्दा यस लेखकलाई भारी सरम भइरहेको छ  । पार्टी  विचार प्रधान हुनुपर्छ भन्ने पुष्पलालका ठीक विपरीत व्यक्ति प्रधानमा रमाउन उद्यतहरुले जनसंस्कृतिको इज्जत र आबरु स्खलित गरेका छन् । कतिपयले  बेलैमा प्रतिभाहरु पहिचान नगरेको देख्दा अचम्म  लाग्छ । नत्र प्रसिद्ध प्रगतिशील विद्वान् भिक्टर प्रधान,प्रसिद्ध कालाकार देशभक्त खनाल र प्रसिद्ध स्रष्टा गायत्री बिस्टहरुका नाममा टिपेक्स लगाएर एकाध नेताले एमेडेमी र चलचित्र संस्थानमा बारबार जागिर खुवाउँदैन थिए होलान् । खान जन्मिएकाहरु र गरिखानेहरुका बीचमा परख नगर्दा कम्युनिस्ट आन्दोलन कमजोर बनेको हो । विषय र विधागत योग्यताका विपरीत पुरस्कारमा पनि बाडँफाँट हुँदो रहेछ । मदन भण्डारीले भनेझैँ कम्युनिस्ट पार्टीको झण्डा र नारा लिएकै भरमा कम्युनिस्ट ठानेर लेपास्सिने चरित्र र चिन्तन यस आन्दोलनको ठूलो खतरा हो । पुष्पलालको अभूत पुर्व त्याग र बलिदान बुझेर सादा जीवन व्यतीत गर्न तिर ध्यान देखिन्न । भद्दा जीवनमा रमाउनेहरु राजनीति र पार्टीमा हाबी हुँदा आन्दोलन क्षतविक्षत हुन्छ । 

पुष्पलाललाई सिर्जनात्मक रुपमा चिनेको भए अहिले एमाले अध्यक्ष  ओली नेतृत्वमा बनेको नेका सहितको सरकारप्रति मौन  वा बाचाल विरोध हुने र गरिने  थिएन । विरोधीले त सही काम र क्रियाकलापको  विरोध  गर्छन् तर एमाले बुद्धिजीवी,नेता,कार्यकर्ता र अगुवा सदस्यले विरोधीका कुरामा मौन समर्थन गर्नु त देश र जनताका लागि अपराध गरेसरह हुन्छ ।  
  
 अहिले शुष्कलालहरु त माक्र्सवाद भट्याउँछन् तर तिनले मृतआत्माको चीरशान्तिको कामना गर्छन् । पुष्पलालले आफ्नो नाममा कहिल्यै जात,थर,धर्म र सम्पादाय उल्लेख गर्नु भएन तर अहिले त ब्राम्हणक्षेत्री खलकका शुष्कलालहरु समेत जात र भातमा रमाउन थालेका छन् ।   पुष्पलालले उपल्लो र माथिल्लो र मझौला तहको पार्टी नेतृत्वलाई आफ्नो पदीय उच्च बौद्धिक र वैचारिक गरिमा कायम गर्न पठन संस्कृतिमा लाग्न  निर्देश गर्नु भएको छ तर अहिलेका शुष्कलालहरु पठन संस्कृतिका दृष्टिले निख्लाम देखिन्छन् । त्यसैले अहिले एमाले लगायत पार्टीहरुका नेता र कार्यकर्ताहरुमा बौद्धिक वैचारिक खासै अन्तर र फरक देखिन्न । 

पदीय हिसावले नेता र अगुवा कार्यकर्ता होलान, तर  तदनुसारको  ज्ञान र गुदी देखिन्न । जव यस खालका नेता बोल्छन् र प्रशिक्षण गर्न थाल्छन्,तिनको पोल त्यहाँ मजाले खुल्छ ।  कालो भादगाउँले टोपी मात्र ढल्काएर मदन भण्डारी हुन सकिन्न । ओली हुन रातको बाह्र बजेसम्म पढ्नु पर्छ र उहाँकै जस्तो अत्यन्त सिर्जनात्मक तीक्ष्ण दिल र दिमाग हुनुपर्छ ।  साँच्चो कम्युनिष्ट नेता हुन नपढी सुखै छैन । 

मनको मैलो साबुनले धोएर जाँदैन । गिदीभित्र जमेर रहेको पश्चगामी र अधोगामी लिदी सफा गर्ने  अद्भूूत साबुन पठन,पठन र पुनः पठन नै हो । अझ त्यसमा पनि कला,साहित्य,संगीतको अध्ययन,श्रवण र यस सम्बन्धी सैद्धान्तिक ज्ञानको सूक्ष्म अगुवा नेतामा अपरिहार्य हुन्छ तर यस विषयको जानकारी र अभिरुचि शुष्कलालहरुमा शून्यप्राय देखिन्छ । साहित्यिक गोष्ठीमा बस्दा शुष्कलालहरुलाई हाइ आउँछ,पट्यार लाग्छ,वाक्क र दिक्क लाग्छ  । कवि पनि गज्जव गज्जवका भेटिन्छन् । एउटा कविता पढ्न बोलायो दुइवटा पढ्छन् । कविता पढ्न बोलायो लम्बेतान भाषण गर्छन् । आफूलाई प्रगतिशील तथा अग्रगामी भनिने कतिपय कविहरुको विचार र बेहोरामा पर्याप्त विचलन पाइन्छ ।   समाजलाई गुणात्मक रुपमा फेर्ने कला,साहित्य र संगीतप्रति अधिकांश नेताको  यो हदसम्मको वितृष्णाले  किमार्थ समाज अगाडि बढ्दैन ।     

नेताहरुको आदर्श नपछ्याउदा  पार्टीमा वैचारिक सैद्धान्तिकता  कमजोर भयो  , अब क,ख देखि नै माक्र्सवादी र जबज सम्बन्धी प्रशिक्षण दिनै पर्ने अवस्था टड्कारो देखिन्छ । विचार बिनाको संगठन पिँध बिनाको लोटाजस्तै हुन्छ ।  पुष्पलालले कम्युनिष्ट पार्टीको घोषणा पत्र,पार्टीको पहिलो पर्चा,नेपाली इतिहास,कला,साहित्य र संस्कृतिको गहन अध्ययन गर्नु भयो । उहाँको यो अध्ययनले केही मौलिक प्रस्थापनाहरु प्नि गरेको छ । उहँको अध्ययन ऐतिहासिक भौतिकवादी विश्व दृष्टिकोणका आधारमा रहेको देखिन्छ । त्यसैले पुष्पलालले आजको नेपाल हिजोको इतिहासबाट विकसित भएको हो भन्नु भएको छ । त्यसैले उहाँले हामीले आफूलाई आफ्नै देशको गौरवशाली पूर्व इतिहासबाट अलग गर्नु हुँदैन पनि भन्नु भएकोछ । 

प्रकाशित मिति : ७ श्रावण २०८१, सोमबार  २ : ४७ बजे