विदेशिए गोठाला, हराए गोठ

यस्तो छ आजको मौसम पूर्वानुमान

प्रधानमन्त्रीलाई संसदमा माओवादी अवरोध (भिडियोसहित)

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रतिनिधिसभाको बैठकमा माओवादीले  अवरोध प्रयास गरेको छ। प्रतिनिधिसभाको नियमित  कार्यसूची अन्तरगत सांसदसँग प्रश्नोत्तर कार्यक्रम अन्तरगत जवाफ  दिन रोष्टममा पुग्नु भएका ओलीलाई माओवादी सांसद वर्षमान पुनले बीचैमा उठेर अवरोध प्रयास गरेका थिए। 

प्रधानमन्त्री ओलीले नेपाल विद्युत् प्राधिकरण र  उद्योगी व्यवसायीबिच विद्युत् महसुलमा भइरहेको विवादबारे विस्तृत व्याख्या गरी रहनुभएको अवस्थामा माओवादी सांसद वर्षमान पुनले उठेर बोल्नमा व्यवधान खडा गरेका थिए । त्यसपछि सभामुखले उनलाई बस्नका लागि रुलिङ गर्नुपरेको थियो । 

माओवादी सांसद पुनले व्यवधान खडा गरेपछि सत्तारुढ एमालेका प्रमुख सचेतक महेश बर्तौला कुर्सीबाट उठेपछि सभामुखले हस्तक्षेप गर्नुभयो । उहाँले त्यसो नगर्नु भएको भए स्थिति अनियन्त्रित हुन सक्थ्यो । प्रधानमन्त्रीले संसदमा बोलिरहेको अवस्थामा धैर्यता गुमाएर माओवादीले देखाएको हर्कत असंसदीय भएको छ । संसदमा बहुमत गुमाएर हतास देखिएको माओवादीका निवर्तमान अर्थमन्त्री पुनले प्रधानमन्त्रीलाई देखाएको व्यवहार त्यही हतास मनस्थितिको उपज भएको विश्लेषण भइरहेको छ। 

मुलुकको अर्थतन्त्रलाई ओरालोतिर धकेलिरहेको माओवादी विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको नाम आउने बित्तिकै तर्सन थालेको यो घटनाले पुष्टि गरेको छ। 

 

प्रकाशित मिति : ७ श्रावण २०८१, सोमबार  २ : ३९ बजे