‘नेशनल डे कन्सर्ट’ सम्पन्न

वैदेशिक रोजगारीमा क्रोएसिया पठाइदिन्छु भनी ठगी गर्ने व्यक्ति पक्राउ

काठमाडौँ । वैदेशिक रोजगारमा क्रोएसिया पठाइदिन्छु भन्दै ठगी गरेको अभियोगमा ललितपुर महानगरपालिका-२ सानेपा बस्ने रौतहट माधवनारायण नगरपालिका-३ घर भएका २७ वर्षीय चन्दन कुमार जैसवाललाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ । 

आकर्षक तलबको प्रलोभनमा पारी क्रोएसिया पठाइदिन्छु भनी ४ जना पीडितहरूबाट ५ लाख ८४ हजार रूपैयाँ लिई सम्पर्क विहीन भएका जैसवाललाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले काठमाडौँ महानगरपालिका-१२ पचली भैरवबाट पक्राउ गरेको हो । 

उनलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको छ । 

प्रकाशित मिति : ७ श्रावण २०८१, सोमबार  २ : १४ बजे