विदेशिए गोठाला, हराए गोठ

यस्तो छ आजको मौसम पूर्वानुमान

लुम्बिनीमा चेतनारायणलाई मुख्यमन्त्री बनाउने तयारी 

काठमाडौं । प्रतिनिधिसभामा प्रधानमन्त्री केपी शर्मा ओलीले दुईतिहाई विश्वासको मत आर्जन गरेसँगै बागमती र लुम्बिनी प्रदेश सरकार गठनको गृहकार्य  सुरु भएको छ । बागमतीमा कांग्रेस संसदीय दलका नेता बहादुर सिंह लामा मुख्यमन्त्री बन्दै हुनुहुन्छ भने लुम्बिनीमा पूर्व मुख्यमन्त्री लीला गिरीलाई पछि पार्दै चेतनारायण आचार्य अघि बढ्नुभएको छ । 

आचार्य  दलका उपनेता  हुनुहुन्छ। । यसअघि आर्थिक मामिला मन्त्री रहनु भएका  आचार्यलाई पार्टीले निर्णय गरेर मुख्यमन्त्री बनाउन लागेको हो ।

उपनेता आचार्यले पार्टीले आफूलाई सरकारको नेतृत्वको जिम्मेवारी दिएको र सोहीअनुसार प्रदेश प्रमुख समक्ष दाबी पेस गर्न जाने तयारीमा गरेको स्रोतले बतायो

अर्घाखाँचीको निर्वाचन क्षेत्र नम्बर १ को १ बाट निर्वाचित आचार्य एमालेका केन्द्रीय सदस्य हुनुहुन्छ  । यसअघि संसदीय दलका नेता लीला गिरीलाई मुख्यमन्त्री बनाउने चर्चा  चलेको भए पनि आचार्यलाई मुख्यमन्त्री बनाउने तयारी गरिएको स्रोतले बतायो  ।

 

प्रकाशित मिति : ७ श्रावण २०८१, सोमबार  १२ : ५६ बजे