‘नेशनल डे कन्सर्ट’ सम्पन्न

नालापानीको नयाँ ट्रेलर सार्वजनिक, साउन २५ बाट देशभर प्रदर्शन हुने

काठमाडौं। ऐतिहासिक चलचित्र ‘नालापानी’ साउन २५ गतेदेखि देशभर एकै साथ प्रदर्शन हुने भएको छ।  रिमेश अधिकारी फिल्म प्रोडक्सन, वीर गोरखाली फिल्म, गङ्गा नारायण फिल्म र बिजीबी इन्टरटेन्टमेन्टको ब्यानरमा निर्माण भएको यो चलचित्र सोमबार ट्रेलर सार्बजनिक गरिएको छ। बुढासुब्ब डिजिटल मार्फत सार्बजनिक गरिएको  छ। 

इतिहासलाई जस्ताको त्यस्तै चलचित्रमा उतारिएको ऐतिहासिक चलचित्र भएकोले यसले इतिहास क्षेत्रमा ज्ञान राख्नेहरूका लागि निकै रुचिको विषय बन्ने निर्माणार्थ पक्षको दाबी छ। 

यस अघि साउन १८देखि  देशभर यो फिल्म प्रदर्शन गर्ने तय भएपछि सबैको सल्लाहमा  एक साता पर सारेर साउन २५ गते तय गरिएको गरिएको जानकारी लेखक निर्माता, निर्देशक रिमेश अधिकारी बताउनुभयो  चलचित्र नालापानी सम्पूर्ण  नेपालीहरूको वीरताको गाथा र गर्व गर्ने ऐतिहासिक चलचित्र भएकोले  यसले  नेपाली वीर हरुको बहादुरी झल्काउने छ।   पुर्खाको देश प्रेम, योगदान र बलिदान झल्काउने निर्माण पक्षको विश्वास छ। 

लामो समय र ठुलो लगानी खर्चिएको यो चलचित्र बनाउनुको एउटै उद्देश्य इतिहास दस्ताबेजिकरण गरेर आउँदा भावी पुस्तालाई इतिहास जान्न बुझ्न सजिलो बनाइदिने निर्देशक रिमेशले बताउनुभयो ।  

यसका  सह  निर्माता गणेश कार्की,  कार्यकारी निर्माता घनेन्द्र थपलिया, एसोसिएट  निर्माता सपन थापा र निर्माता मनोज शाक्य हुनुहुन्छ।  चलचित्रमा अर्जुन जङ्ग शाही सन्तोष पन्त, देशभक्त खनाल, दयाराम दाहाल, पुजना प्रधान, मनोज शाक्य, विशाल पहारी, अच्युत गजुरेल,  हिक्मत थपलिया, जनक बर्तौला, सरिता राजोपाध्याय, गीत विष्ट  हुनुहुन्छ। त्यसै गरी साहिना भट्टराई, गीता अधिकारी, सुवास गजुरेल, सुवर्ण थापा, लगायत धेरै कलाकारहरूको अभिनय रहेको चलचित्र नालापानी को छायाङ्कन रामशरण उप्रेती, द्वन्द्व रोशन श्रेष्ठ नृत्य, कविराज गहतराज भिएफएक्स अच्युत गजुरेल, सम्पादक विपिन मल्ल, लेखन रिमेश अधिकारी ÷ कृष्ण आचार्य र निर्माता ÷ निर्देशक रिमेश अधिकारी हुनुहुन्छ। 

नालापानी सम्पूर्ण नेपालीहरूको गौरवमय इतिहास हो हामी वीर र स्वाभिमानी हौ चलचित्र नालापानीको यो ट्रेलर लाई आफ्नो सामाजिक सञ्जाल बाट सक्दो लाइक कमेन्ट र सेयर गरिदिनुहुन हार्दिक अनुरोध गर्दछौ

प्रकाशित मिति : ७ श्रावण २०८१, सोमबार  ११ : ०८ बजे